Websoft University

www.radiomakalu.com || 021-522512


पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन : दुई सय ८३ स्थानको उम्मेदवार मनोनयन आज



पहिलो चरणमा ३४ जिल्लामा निर्वाचन : दुई सय ८३ स्थानको उम्मेदवार मनोनयन आज

काठमाडौं, वैशाख १९ गते  । पछिल्ला दिनमा विकसित भएका राजनीतिक घटनाक्रमकै बीच सरकारले पहिलो चरणमा वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा मात्र निर्वाचन सम्पन्न गर्ने भएको छ ।

एकसाथ देखिएका विभिन्न राजनीतिक घटनाक्रमलाई चिर्दै निर्वाचन आयोगले पहिलो चरणको निर्वाचनका लागि मनोनयन दर्ताको समय सार्वजनिक गरेको छ । मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिकाभित्र चारवटा महानगरसहित दुई सय ८३ स्थानीय तहको निर्वाचन हुनेछ । देशका प्रमुख सहरी क्षेत्र मानिएका काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगरपालिकामा हुने निर्वाचनको चर्चा बढी देखिन्छ ।

यी हुन् निर्वाचन हुने जिल्ला
प्रदेश नम्बर ३ सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर ।

प्रदेश नम्बर ४ गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासी ।

प्रदेश नम्बर ६
हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम ।
अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget