Websoft University

www.radiomakalu.com || 021-522512


शरणार्थीका छोरा मुन कोरियाका १९ औं राष्ट्रपति


शरणार्थीका छोरा मुन कोरियाका १९ औं राष्ट्रपति
कोरिया : कोरियाली युद्धका क्रममा विस्थापित भएर दक्षिण कोरिया आएका उत्तर कोरियाली शरणार्थीका छोरा दक्षिण कोरियाको उन्नाइसौ राष्ट्रपति बन्न सफल भएका छन् ।
मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ४० दशमलब दुइ प्रतिशत मत प्राप्त गरेर लिबरल डेमोक्रयाटिक पार्टीका उम्मेद्वार मून जे इन नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
निर्वाचित राष्ट्रपति मूनले १ करोड १४ लाख मत अर्थात ४० दशमलब दुइ प्रतिशत मत प्राप्त गरेको यहाँको निर्वाचन आयोगले जनाएको छ । मत गणना आज बिहान साढे दुइ बजे सम्पन्न भएको थियो । उनका निकतम प्रतिद्धन्द्धी कन्जरभेटिभ लिबर्टी कोरिया पार्टीका उम्मेद्वार होङ जुन फ्याले चौबिस प्रतिशत मत पाएका छन् । यसपाली कुल मतदाताको सतहत्तर दशमलब दुइ प्रतिशत मत खसेको पनि निर्वाचन आयोगले जनाएको छ । जुन दुइ हजार बाह्रमा सम्पन्न निर्वाचनको भन्दा दुइ प्रतिशत बढि हो ।
निर्वाचित राष्ट्रपति मूनले चुनावी नतिजाको औपचारिक घोषणा लगत्तै आजै सपथग्रहण गर्ने कार्यक्रम रहेको पनि आयोगले बताएको छ । चुनावी प्रचारका क्रममा मूनले देशमा बढ्दो भ्रष्टाचार र अनियमिता नियन्त्रण गर्ने प्रतिबद्धता गरेका थिए । भ्रष्टाचारमा लिप्त भएको भन्दै संसद र अदालतले महाअभियोग मार्फत पार्क गुन्ह्येलाई पदमुक्त गरेपछि निर्वाचन केहि महिना अगावै भएको हो । पार्क भ्रष्टाचार काण्डमा मुछिएपछि सन् दुइ हजार बाह्रमा उनिसँगै पराजित भएका मूनको चुनावी दौरानमा लोकपृयता झनै बढेको थियो ।
भ्रष्टाचार नियन्त्रण, आर्थिक वृद्धि, बेरोजगारी अन्त्य, उत्तर कोरियासँग बढ्दो तनाब मत्थर लगायत मुद्धा सल्टाउन आफ्नो भुमिका महत्वपुर्ण हुने बताएका निर्वाचित राष्ट्रपति मून उत्तर कोरियाप्रति उदार मानिन्छन् । मुनको उदयसँगै उत्तर कोरियासँग बढ्दो तनाब कम हुने अपेक्षा गरिएको छ । मुनले निर्वाचन पुर्व र सोहि क्रममा वार्ता मार्फत कोरियाली प्रायद्धिपमा शान्ति र स्थाइत्व कायम गर्न सकिने बताएका थिए ।


यसैबीच मूनको राष्ट्रपति निर्वाचित भएसँगै उनका समर्थकहरुले राजधानी सोल लगायत देशका मुख्य शहरमा खुसियाली र विजयउत्सव मनाएका छन् । मतसर्वेक्षणहरुले उनले जित हासिल गर्ने प्रक्षेपण गरेसँगै मून समर्थकहरुले मतदान सकिएलगत्तै राजधानी सोलमा विजय जुलुश निकालेका थिए ।

यसैगरी मून कामदारप्रति उदार मानिने भएकोले कोरियामा कार्यरत नेपालीले सामाजिक सञ्जाल मार्फत मूनलाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन् । मूनको नेपाल भ्रमणका क्रममा खिचेको तश्विर पोष्ट गरेर नेपालीले उनलाई बधाई दिएका छन् । मुन नेपाल र त्यहाँको अवश्थाका बारेमा जानकार रहेकोले मूनको कार्यकालमा नेपाल सरकारले उनिबाट धेरै सहयोग लिन सक्ने बताइन्छ । पर्यटन प्रवद्र्धन, पुर्वाधार, भौतिक निर्माण लगायत लगानी र सहयोगका लागि कोरिया सरकारसँग माग गर्न नेपाललाई सहज हुने बताइन्छ ।
मूनका आमाबुबा सन् उन्नाइस सय पचास देखि त्रिपन्न सम्म चलेको कोरियाली युद्धका क्रममा उत्तर कोरियाबाट विस्थापित भएर दक्षिण कोरियाको बुसान आएका थिए । मून भने बुसानमा जन्मीएका हुन् ।- अन्नपूर्ण बाट

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget