Websoft University

www.radiomakalu.com || 021-522512


क्यानडामा भीषण बाढी, हजारौंलाई सारियो

क्यानडामा भीषण बाढी, हजारौंलाई सारियो

मोन्ट्रियल : क्यानडामा भीषण बढीले जनजीवन अस्तव्यस्त भएपछि यहाँको सरकारले सेनालाई खटाएको छ । हजारौं क्यानडाली नागरिक बाढीको चपेटामा परेपछि उद्धारका लागि सेना खटाउनुपरेको हो ।पचास वर्षयताकै सबैभन्दा भीषण बाढी आएको सरकारी अधिकारीले बताएका छन् । क्यानडाको राजधानी क्षेत्र ग्याटिनो र मोन्ट्रियलको बीचमा रहेको क्युबेक प्रान्तमा २ सय किलोमिटर क्षेत्रमा कैयौं नदी र तलाउहरूमा पानी पानी भएको छ । विज्ञहरूले अब यस क्षेत्रको जमिनले पानी सोस्न नसक्ने बताएका छन् ।
क्युबेकका जन सुरक्षामन्त्री मार्टिन कोटेक्सले भने, 'अतिवृष्टि कम हुँदै छ । बुधबारसम्म स्थिति केही सुधार हुन्छ कि ।' क्युबेकमा करिब २ हजर ५ सय र ओन्टेरियोमा ३ सयभन्दा बढी घर बाढीको चपेटामा परेका छन् । सरकारले त्यहाँबाट १ हजार ५ सय मानिसलाई त्यहाँबाट सुरक्षित स्थानमा सार्न आदेश दिइसकेको छ । आइतबारदेखि मोन्ट्रियलमा ४८ घण्टा लामो आपत्काल घोषणा गरिएको थियो । रेडक्रसको सहयोगमा हजारौंलाई स्थानान्तरण गरिएको छ ।

अधिकांश सडक जलमग्न भएका छन् । स्थलमार्ग पूरै जलाम्मे भएपछि स्थानीय बासिन्दा डुंगा र ससाना जहाज प्रयोग गरी सुरक्षित स्थलतर्फ लागेका छन् । गत बाढी पीडितको सहायताका लागि १ हजार ६ सय ५० सैनिकलाई तैनाथ गरिएको छ । आइतबारसम्म १ हजार २ सय सैनिक खटिएकोमा थप सैनिक खटाउनुपरेको सेनाले बताएको छ । उद्धारका लागि सेनाका हेलिकोप्टर र डुंगा तयारी अवस्थामा राखिएको छ ।
बाढीका कारण क्युबेक र ब्रिटीश कोलम्बिायामा ३ जनाको शव भेटिएको छ । यात्रा गरिरहेका उनीहरू बाढी आएपछि ज्यान जोगाउन कारको छतमा चढेका थिए । बाढीले कार नै बगाउँदा उनीहरूको मृत्यु भएको थियो । मोन्ट्रियलका मेयर डेनिस कोडर्रेले राज्यका बाँधहरूले जलप्रवाह थेग्न कठिन भएको बताएका छन् ।-एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget