Websoft University

www.radiomakalu.com || 021-522512


उत्साह छ, प्रशिक्षण छैन

उत्साह छ, प्रशिक्षण छैन

इटहरी : इटहरीमा मंगलबारबाट सुरु भएको अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको क्षेत्रीय छनोट खेलमा सहभागी हुन आएका एक सयभन्दा बढी प्रतिस्पर्धीमध्ये सबैभन्दा सानी थिइन् विराटनगरकी ११ वर्षीया रोज पाण्डे । उनी एक सयभन्दा बढी खेलाडी सहभागी प्रतियोगितामा प्रतिस्पर्धाका लागि ब्याडमिन्टन र्‍याकेटसहित इटहरी आइपुगेकी हुन् ।
पाण्डेले ब्याडमिन्टन खेल्न थालेको दुई वर्षमात्र भयो । विराटनगरको विराट ब्याडमिन्टन क्लबमा आबद्ध उनले केही प्रतियोगिता खेलेकी छिन् । भविष्यमा खेलाडी बन्ने सपना पालेकी उनको लागि केही चुनौतीहरू पनि छन् । त्यो हो, अवसर र प्रशिक्षणको अभाव । उनका अनुसार प्रतियोगिताको बारेमा जान्ने र सिकाउन सक्ने मानिसको अभाव छ ।
पाण्डेजस्तै अन्नपूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पूर्वाञ्चल स्तरीय छनोट खेलमा सहभागी हुन इटहरी आइपुगेकी झापाको मेची ब्याडमिन्टन क्लबकी १६ वर्षीया श्वेता गिरीलाई पनि दक्ष प्रशिक्षकको अभाव खट्किएको छ । 'राम्रो सिकाउने मानिस नै हुँदैन,' उनी भन्छिन्, 'नयाँ टेक्निक्सहरू सिक्न पाइँदैन । आफूले जस्तो जान्यो, त्यस्तै मात्र खेल्नुपर्छ ।' केही समयअघि भएको १९ वर्षमुनिको पूर्वाञ्चलस्तरीय प्रतिस्पर्धामा दोस्रो स्थान हासिल गरेकी गिरी लामो समयदेखि कुनै प्रशिक्षण नभएकोमा दुःखेसो पोख्छिन् । तालिमको अभावमा जित्ने आशा कम भए पनि अनुभव बटुल्न प्रतियोगितामा सहभागी भएको उनले बताइन् । अवसर र प्रशिक्षणको अभावका बाबजुद पाण्डे र गिरीजस्ता खेलाडीले देखाएको ब्याडमिन्टन खेलप्रतिको लगाव उत्साहजनक छ । झापा र विराटनगरबाट प्रतियोगिताकै लागि इटहरी आइपुगेका यी दुई बालिका भविष्यमा राम्रो खेलाडी बन्न चाहन्छन् । उनीहरूसँग त्यो सम्भावना पनि छ । तर, नियमित सिकाउने दक्ष प्रशिक्षक नहुँदा उनीहरूको इच्छाले मूर्तरूप लिन सक्ने सम्भावना निक्कै कम छ ।

मोफसलमध्ये खेलकुद गतिविधि बढी हुने देशको प्ूर्वी क्षेत्रले अन्य खेलसँगै ब्याडमिन्टनमा प्रशिक्षकको अभाव झेल्नु परेको छ । इटहरीमा चारवटा ब्याडमिन्टन कभर्ड हल छन् । तीमध्ये दुई व्यावसायिक रूपमा नाफा कमाउने उद्देश्यले खोलिएका छन् । तर, भविष्यमा खेलाडी बन्ने उद्देश्यसहित ती कभर्डहलमा खेल्न आउने साना बालबालिका र किशोर खेलाडीहरूलाई खेलको प्राविधिक ज्ञानसहित प्रशिक्षण दिन सक्ने प्रशिक्षक छैनन् । त्यसैले जिल्ला र वरपर हुने प्रतियोगिताहरू उनीहरूका लागि अनुभव बटुल्ने अवसरका लागि मात्रै हुने गर्छन् ।सगरमाथा ब्याडमिन्टन क्लबको कभर्डहलमा पछिल्लो ६ महिनायता खेल्दै आइरहेका इटहरी पाँचधारेका १३ वर्षीय निरञ्जन राई पनि अनुभवकै लागि अन्नूर्ण अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पूर्वाञ्चल स्तरीय छनोट खेलमा सहभागी भएका छन् । 'जित्छु भन्ने त छैन । अनुभव बटुलिन्छ भनेर आएकी हुँ,' उनी भन्छन् ।
आफ्नी १६ वर्षीया दिदीसँगै प्रतियोगितामा सहभागी हुन आएका इटहरी— ४ कै १४ वर्षीय आयुष राईले पनि त्यस्तै अनुभव सुनाए । 'प्रतियोगितामा प्रतिस्पर्धा कस्तो हुन्छ भनेर आएको हुँ', राई भन्छन्, 'अन्य खेलाडीले खेलेको हेरेर पनि सिकिन्छ ।' आयुषका पिता जितेन व्यावसायिक खेलाडी हुन् । बुबाको सहयोगमा उनीहरू पनि स्थानीय सगरमाथा ब्याडमिन्टन सिक्दै छन् । खेलाडीहरूका लागि खेलेरै जीवनयापन गर्न सक्ने उत्साहजनक भविष्य तत्काललाई छैन । यद्यपि परिवारको साथ र सहयोग पाएका यी बालबालिकाहरूले भविष्यमा खेलाडीको अभाव टार्न सक्छन् । यद्यपि उनीहरूलाई व्यवस्थित प्रशिक्षणको अभाव खट्किएको छ ।- अन्नपूर्ण बाट , हिमाल दाहाल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget