Websoft University

www.radiomakalu.com || 021-522512


अत्तरिया कप महिला क्रिकेटको उपाधि राइजिङ उमन्सलाई


अत्तरिया कप महिला क्रिकेटको उपाधि राइजिङ उमन्सलाई
धनगढी : रुस्लान अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंको राइजिङ क्रिकेट उमन्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा विभागीय टोली एपीएफलाई १६ रनले पराजित गर्दै राइजिङ क्रिकेट उमन्सले उपाधि जितेको हो ।उपाधिसहित राइजिङ क्रिकेट उमन्सले दुई लाख प्राप्त गर्‍यो । एपीएफले भने एक लाखमै चित्त बुझायो ।
अत्तरियास्थित एपीएफको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको राइजिङ क्रिकेट उमन्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५२ रनको योगफल बनाएको थियो । जवाफी ब्याटिङमा आएको एपीएफले निर्धारित ओभरमा नौ विकेट गुमाउँदा एक सय ३६ रनमात्रै जोड्न सकेपछि राइजिङ क्रिकेट उमन्सको उपाधि पक्का बनेको थियो ।
राइजिङ क्रिकेट उमन्सलाई उपाधि दिलाउन भारतीय खेलाडी पूजा निमाभाटले अलराउन्ड उत्कृष्ट प्रदर्शन गरीन् । ब्याटिङमा सर्वाधिक ३७ रन जोडेकी उनले बलिङतर्फ चार विकेटसमेत र्लिन् । ३८ बलको सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । यस्तै अर्की विदेशी खेलाडी सहनवाज प्रवीणले २५ बलमा तीन चौकाको मद्दतले २५ रन नै जोडिन् । पूजा र प्रवीणले टोलीका लागि ६९ रनको साझेदारी गरेका थिए । शान्ता मुखर्जीले १८ बलमा २३ रन, शान्ति खतिवडाले १४ बलमा २१ रन तथा नेरी थापा र आरती बिडारीले समान १३/१३ रनको योगदान दिए ।

एपीएफकी पूजा पाण्डेले सर्वाधिक ४८ रनको योगदान दिए पनि टोलीलाई विजयी बनाउन सकिनन् । पूजाले ४२ बलमा चौका प्रहार गरेकी थिइन् । यस्तै करुणा भण्डारीले २४ रन तथा सरिता मगरले २१ रन जोडेका थिए । अन्य खेलाडीले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङतर्फ एपीएफकी सरिताले तीन तथा करुणाले दुई विकेट लिएका थिए ।
प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गरेकी राइजिङ क्रिकेट उमन्सकी पूजा निमाभाट सर्वोत्कृष्ट खेलाडी चुनिए । प्रतियोगितामा एक सय सात रन बनाएकी पूजाले ११ विकेट पनि लिएकी थिइन् । सर्वोत्कृष्ट खेलाडी चुनिएबापत पूजाले २५ हजारसमेत प्राप्त गरिन् । राइजिङ क्रिकेट उमन्सकी शान्ता मुखर्जी उत्कृष्ट विकेट किपर घोषित भइन् भने एपीएफकी ज्योति पाण्डे उत्कृष्ट ब्याट्उमन तथा सरिता मगर उत्कृष्ट बलर घोषित भए । उत्कृष्ट घोषित खेलाडी सबैले १०÷१० हजार प्राप्त गरे ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget