Websoft University

www.radiomakalu.com || 021-522512


दोलखामा काँग्रेस-एमाले झडप हुँदा ११ जना घाइते,आठ राउण्ड गोली प्रहार

दोलखामा काँग्रेस-एमाले झडप हुँदा ११ जना घाइते,आठ राउण्ड गोली प्रहार

चरिकोट,  बैशाख ३१  गते ।  दोलखामा काँग्रेस र एमालेका कार्यकर्ता वीच भडप हुँदा ११ जना घाइते भएका छन । झडपमा काँग्रेसका नौ जना र एमालेका दुई जना घाइते भएका हुन । काँग्रेस र एमालेका कार्यकर्ताको भडपलाई सामान्य बनाउन प्रहरीले आठ राउण्ड गोली चलाएको छ।
बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन ।

तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो । सहरेमा मतदान स्थगित भएको छ ।
मतदानलाई पुन सञ्चालनमा ल्याउन मतदान अधिकृत र राजनीतिक दलहरु वीच छलफल भइरहेको छ। दोलखाका अन्य ठाउँमा भने शान्तिपूर्ण मतदान भइरहेको छ। एमाले र माओवादीको वीच झडप भएको जुगुमा पनि शान्तिपूर्ण निर्वाचन भइरहेको छ।-अन्नपूर्ण बाट , सुवास योञ्जन

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget