Websoft University

www.radiomakalu.com || 021-522512


संसद बैठक भोलि १ बजेसम्म स्थगित

संसद बैठक भोलि १ बजेसम्म स्थगित

काठमाडौं,  जेठ १७ गते ।  प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरोध गरेको छ । भरतपुर महानगरपालिकाको मतगणना सुचारु गराउन ध्यानाकर्षण गराउँदै एमालेले संसद अवरोध गरेको हो ।
एमालेले संसद अवरोध गरेपछि भोलि जेठ १८ गते बिहीबार १ बजेसम्मका लागि बैठक स्थगित भएको छ । संसदमा बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले भरतपुर महानगरपालिकाको मतगणना पुःन सुचारु गर्न ध्यानाकर्षण गराउनुभएको थियो ।
पाण्डेले भरतपुरमा फेरी चुनाव गराए गलत नजिर बस्ने भएकाले त्यसो नगर्न आग्रह गर्नुभएको थियो । यदी निर्वाचन भए निर्वाचन आयोगले पाँच वर्षसम्म परिणाम नआउने निर्वाचन गराइरहनुपर्ने र हार्ने परिस्थिति आए मतपत्र च्यात्न दल उत्प्रेरित हुने भएकाले घातक हुने बताउनुभयो । च्यातिएका मतपत्र पनि जोडेर हेर्न सकिने आयोगले निर्देशिका बनाएको र त्यसैअनुरुप मतगणना तत्काल सुचारु  गर्न आग्रह गर्नुभयो ।
संसदमा सभामुख ओनसरी घर्तीले प्रतिपक्षको कुरामा आफ्नो ध्यानाकर्षण भएको भन्दै संसद अवरोध नगर्न आग्रह गर्नुभएको थियो ।एमालेका नेताहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घर्तीले संसद बैठक भोलिसम्म स्थगित गर्नुभएको हो । - अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget