Websoft University

www.radiomakalu.com || 021-522512


सहमतीय सरकारको प्रयास असफल, सर्वदलीय बैठक आज

काठमाडौंँ, जेठ १७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको लागि बुधबार सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिएपछि राष्ट्रपतिबाट सहमतीय सरकार बनाउन आह्वान भएको सात दिने समय सीमा बुधबार सकिँदैछ ।
राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो, ‘सहमतीय सरकार गठनका लागि पुनः आग्रह गर्न राष्ट्रपतिले बुधबार बिहान साढे नौ बजे सर्वदलीय बैठक बोलाउनुभएको हो । ’
यसैबीच, नेपाली काँग्रेसको नेतृत्वमा सहमतीय सरकार गठन गर्न मङ्गलबारको प्रयास सफल हुन सकेन । राष्ट्रपतिले गर्नुभएको आह्वानअनुसार संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले मङ्गलबार बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादीलगायत प्रायः सबै साना दलका सहभागिता रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नभएपछि सहमतीय सरकारको प्रयास सफल नभएको हो ।
प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको थियो । सात दिनको म्याद बुधबार राति सकिँदैछ । तोकिएको म्यादभित्र सहमतीय सरकार बन्न नसकेमा संविधानको धारा २९८ को उपधारा (३) अनुसार व्यवस्थापिका संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था संविधानमा छ ।
‘पार्टी सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिसम्म प्रमुख पतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग वार्ता गरेर सहमतीय सरकारको पहल गर्नुहुनेछ, त्यो प्रयास सफल नभएमा संसदीय प्रक्रियाअनुसार नेपाली काँग्रेस अगाडि बढ्ने छ’, नेपाली काँग्रेस संसदीय दल सचिव ध्रुव वाग्लेले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘संसद्को ठूलो दल भएको हैसियतमा नेपाली काँग्रेसले सहमतीय सरकारको पहल गर्नु संवैधानिक प्रक्रिया हो, एमालेकै पहलमा बैठक बोलाइएको भए पनि नेपाली काँग्रेस सहभागी भएर आफ्ना कुरा राख्थ्यो । ’
नेकपा एमालेले भने प्रधानमन्त्रीले नभई नेपाली काँग्रेसका सभापतिले आफ्नो नेतृत्वमा सरकार गठन गरौँ भनेर बैठक बोलाएकाले आफूहरू उपस्थित नभएको बताएको छ । नेकपा एमालेका नेता शङ्कर पोखरेलले भन्नुभयो, ‘सहमतीय सरकारको पहल प्रधानमन्त्रीले गर्नुपथ्र्यो, त्यो नगरी कुनै दल विशेषका नेताले प्रधानमन्त्रीका लागि मेरो नाममा सहमति गरौँ भनेर बोलाएको बैठकमा जानु हामीलाई उचित लागेन, गएनौँ, देउवाजीलाई प्रधानमन्त्री बनाउने कुरामा सहमति भन्ने नै हुँदैन । ’
बैठकमा सहभागी भएको राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले भने उक्त पार्टीले अब बन्ने सरकारलाई सःशर्त सहयोग वा असहयोग गर्ने भन्ने निर्णय गर्ने बताउनुभयो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले प्रधानमन्त्रीको उम्मेदवारले राष्ट्रियता, मुलुकको सार्वभौमिकता, स्वतन्त्रता, विकास निर्माण, भूकम्पपछिको पुनःनिर्माण जस्ता विषयवस्तुमा के कस्तो योजना बनाएको छ, यी सबै कुरा सार्वजनिक रूपमा आएपछि मात्र आफ्नो पार्टीभित्र छलफल गरेर सहयोग वा असहयोग के गर्ने भन्ने निर्णय गर्न सकिने धारणा राखेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै आधारबिना नै जोसुकै पार्टीका नेताले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर भन्दैमा हामी कसरी सहयोग गर्न सक्छौँ र !’
मङ्गलबारको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता देउवाले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको थियो ।
बैठकमा प्रधानमन्त्री दाहाललगायत नेकपा माओवादी (केन्द्र) का नेताहरू, राष्ट्रिय प्रजातन्त्र पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी संयुक्त, थरुहट तराई पार्टी नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल परिवार दल, अखण्ड नेपाल पार्टी, समाजवादी जनता पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जनजागरण पार्टीलगायत दलहरूका अध्यक्ष एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको संसदीय दलका सचिव वाग्लेले जानकारी दिनुभयो ।
त्यस अवसरमा नेकपा माओवादी (केन्द्र) लगायत अधिकांश दलका प्रतिनिधिहरूले संविधानको कार्यान्वयन र सर्वस्वीकार्यता लगायत मुलुकका अन्य समस्या समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग र समर्थन गर्न आफूहरू तयार रहेको धारणा राख्नुभएको पनि सचिव वाग्लेले बताउनुभयो ।-
राधा चालिसे

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget