Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी-कांग्रेस तालमेल

माओवादी-कांग्रेस तालमेल


काठमाडौं, बैशाख  २२ गते । सत्ता गठबन्धनका प्रमुख शक्ति कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गरेका छन् । दुई ठूला पार्टीहरू स्थानीय निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न महानगरपालिकाहरूमा चुनावी तालमेल गर्न सहमत भएका हुन् । यसअघि काठमाडौं महानगरपालिकामा प्रमुख विपक्षी दल एमाले तथा सरकारबाट भर्खरै मात्र बाहिरिएको राप्रपाबीच चुनावी तालमेल भएको थियो ।कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताबीच महानगरपालिकामा चुनावी तालमेल गर्ने सहमति भएको जानकारी दिनुभयो । निर्वाचन आयोगले बिहीबार उम्मेदवारी फिर्ता लिन दिएको पाँच बजेसम्मको समयभित्र माओवादी केन्द्र र कांग्रेसले दुई स्थानमा उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेस र माओवादी केन्द्रबीच पोखराको मेयर कांग्रेसलाई र भरतपुरमा माओवादी केन्द्रलाई सघाउने सहमति भएको जानकारी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि अधिकारीले दिनुभयो ।केन्द्रको सहमतिअनुसार माओवादी केन्द्रले पोखराको मेयरमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेलाई मनोनयन फिर्ता लिन लगाएको छ भने भरतपुरमा मेयरमा उम्मेदवारी दिएका दिनेश कोइरालालाई फिर्ता लिन निर्देशन दिएको थियो । कोइरालाले मनोनयन फिर्ता लिन आनाकानी गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसको लेटरप्याडमा जिल्ला निर्वाचन अधिकृत चितवनलाई पत्राचार गरी भरतपुर महानगरपालिकाको प्रमुख पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई समर्थन गर्ने जानकारी गराउनुभएको थियो ।
देउवाले पत्रमा उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने निर्णय भएको जनाउनुभएको छ । सभापति देउवाले हस्ताक्षर गरेको पत्रको बोधार्थ निर्वाचन आयोग बहादुरभवनलाई पनि दिइएको छ । कांग्रेस नेता कृष्ण सिटौलाले आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन दिएको निर्देशनप्रति असहमति जनाउनुभएको छ । यता चितवन कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने पार्टी निर्णयको विरोधमा बिहीबार नै चितवन बन्द गरेको छ । केन्द्रको सहमतिलगत्तै कांग्रेस कार्यकर्ताले चितवनमा प्रदर्शन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
माओवादीलाई भरतपुर, कांग्रेसलाई पोखरा, काठमाडौं र ललितपुरमा प्रयास जारी, मकवानपुरमा पनि तालमेल
स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रामशरण महत तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदल बनेको थियो । सोही कार्यदलको सिफारिसमा चारवटा महानगरमध्ये तीनवटा काठमाडौं, ललितपुर र पोखरामा कांग्रेस र चितवनमा माओवादी केन्द्रसँग तालमेलको आन्तरिक सहमति भएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले अन्नपूर्णसँग भन्नुभयो, 'कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार चितवन र पोखरा-लेखनाथ महानगरपालिकामा सहमति भएको छ । अन्यमा त्यस्तो सहमति भएको छैन ।'प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले कांग्रेस-माओवादी केन्द्रबीच काठमाडौं र ललितपुरमा तालमेलको प्रयास भइरहेको जानकारी दिनुभयो । 'माओवादी केन्द्र काठमाडौं छाड्न तयार छ तर कांग्रेसले ललितपुर छाड्नुपर्छ', महराले भन्नुभयो।

निधि फर्किए
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोगमा असहमति जनाउँदै गृहमन्त्रीबाट राजीनामा दिएका विमलेन्द्र निधि बिहीबारबाट पुनः गृह मन्त्रालय फर्कनुभएको छ ।बुधबार साँझ पार्टी कार्यालयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग एक घन्टा लामो 'मन माझामाझ' भएपछि निधि मन्त्रालय फर्कनुभएको हो । देउवासँगको सहमतिपछि बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र निधिबीच मन्त्रणा भएको थियो । मन्त्रणालगत्तै निधि पुनः गृहमन्त्रीको हैसियतमा कार्यभार समाल्न राजी हुनुभएको बताइएको छ ।
प्रधानमन्त्री दाहालले निधिको राजीनामा स्वीकृत गरी नसकेकाले आपसी विवाद र असमझदारी हटाएर फेरि सहयात्रा गर्नुपरेको धारणा निधिले राख्नुभयो ।
मधेसी मोर्चालाई सहमतिमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यसलाई निर्णायक बनाउन आफूले पुनः गृहमन्त्रीको जिम्मेवारी समालेको जिकिर निधिले गर्नुभयो ।प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा सभापति देउवासँगको निधिको असहमति अन्त्य भएपछि पुनर्बहाली भएको कांग्रेस उच्च स्रोतले बताएको छ । प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा कुरा नमिलेपछि पछिल्लो समय दुई नेताबीच सामान्य भेटघाट पनि हुनसकेको थिएन ।
महानिरीक्षकमा देउवा जयबहादुर चन्दलाई नियुक्त गर्नुपर्ने तथा निधि नवराज सिलवाललाई नियुक्त गर्नुपर्ने अडानमा हुनुहुन्थ्यो । दुई नेतालाई सहमतिमा ल्याउन गोपालमान श्रेष्ठ, प्रदीप गिरी, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुननरसिंह केसी, रमेश रिजाल, बालकृष्ण खाँड, रमेश लेखक, एनपी साउद, मीन विश्वकर्मा, सांसद नारायण कार्कीलगायत नेताहरू सक्रियतापूर्वक लाग्नुभएको थियो ।गृहमन्त्री निधिले स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै आफूले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा फिर्ता लिएको जानकारी दिनुभयो । गत आइतबार निधिले पदबाट राजीनामा दिनुभएको थियो ।
चितवनमा कांग्रेस कार्यकर्ता आक्रोशित
भरतपुर : कांग्रेस सभापति शेरबहादुर देउवाले पत्र पठाएर भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार दिनेश कोइरालाको उम्मेदवारी फिर्ता गरिदिएपछि चितवनका कांग्रेस कार्यकर्ता आक्रोशित भएका छन् ।सभापति देउवाको आग्रहबमोजिम कोइरालाले नाम फिर्ता लिन अस्वीकार गरेपछि देउवाले पत्र पठाएर उहाँको उम्मेदवारी फिर्ता लिनुभएको थियो । कोइरालाले नमानेपछि समय सकिनुभन्दा दुई मिनेटअगाडि कांग्रेस केन्द्रीय कार्यालयले सभापति देउवाको हस्ताक्षरमा पत्र पठाएको थियो ।
कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले भ्रमका पछाडि नलाग्न विज्ञप्ति जारी गर्दै भरतपुरबाट कांग्रेस उम्मेदवार फिर्ता नहुने जानकारी दिएको केही घन्टामै केन्द्रमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भएको थियो ।कांग्रेस कार्यकर्ताले तालमेलको विरोध गरेका छन् । जिल्लाको चुनावी वातावरण राम्रो भएको बेला अवस्था नबुझी केन्द्रमा तालमेल गरेको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।
उनीहरूले उम्मेदवार दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता नलिन आग्रह गरेका थिए । पार्टी सभापति देउवाले फोन गरेर उम्मेदवारी फिर्ता लिन गरेको आग्रह कोइरालाले मान्नुभएको थिएन । निर्वाचन ऐनअनुसार उम्मेदवारी दिने दलको आधिकारिक प्रतिनिधिको हस्ताक्षर भए हटाउने व्यवस्था रहेको जानकारी सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले दिनुभयो । 'पार्टीको पदाधिकारीले पत्र पठाएपछि झिकिएको हो', उहाँले भन्नुभयो ।
देउवाले पत्रमा उपप्रमुखमा कांग्रेसकी पार्वती शाहलाई माओवादी केन्द्रले समर्थन गर्ने निर्णय भएको जनाउनुभएको छ । सभापति देउवाले हस्ताक्षर गरेको पत्रको बोधार्थ निर्वाचन आयोग बहादुरभवनलाई पनि दिइएको छ । कांग्रेस नेता कृष्ण सिटौलाले आफ्ना उम्मेदवारलाई मनोनयन फिर्ता लिन दिएको निर्देशनप्रति असहमति जनाउनुभएको छ । यता चितवन कांग्रेसले माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने पार्टी निर्णयको विरोधमा बिहीबार नै चितवन बन्द गरेको छ । केन्द्रको सहमतिलगत्तै कांग्रेस कार्यकर्ताले चितवनमा प्रदर्शन गरेका थिए । उनीहरूले पार्टी अध्यक्ष शेरबहादुर देउवाविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
स्थानीय तह निर्वाचनका लागि चुनावी तालमेल गर्न कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र रामशरण महत तथा माओवादी केन्द्रका कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदल बनेको थियो । सोही कार्यदलको सिफारिसमा चारवटा महानगरमध्ये तीनवटा काठमाडौं, ललितपुर र पोखरामा कांग्रेस र चितवनमा माओवादी केन्द्रसँग तालमेलको आन्तरिक सहमति भएको हो ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले अन्नपूर्णसँग भन्नुभयो, 'कांग्रेस र माओवादी केन्द्रबीचको सहमतिअनुसार चितवन र पोखरा-लेखनाथ महानगरपालिकामा सहमति भएको छ । अन्यमा त्यस्तो सहमति भएको छैन ।'प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले कांग्रेस-माओवादी केन्द्रबीच काठमाडौं र ललितपुरमा तालमेलको प्रयास भइरहेको जानकारी दिनुभयो । 'माओवादी केन्द्र काठमाडौं छाड्न तयार छ तर कांग्रेसले ललितपुर छाड्नुपर्छ', महराले भन्नुभयो।-चिरञ्जीवी ढुंगाना , अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget