Websoft University

www.radiomakalu.com || 021-522512


संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, तत्काल संविधान संशोधन नहुने

संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, तत्काल संविधान संशोधन नहुने

काठमाडौं,जेठ ४ गते ।  सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले आजैबाट संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो।
संसद् अधिवेशन अन्त्य भएसँगै सरकारले संसदमा पेश गरेको संविधान संशोधन र महाअभियोग प्रस्ताव तत्काल अघि नबढ्ने भएको छ। मधेस केन्द्रित दलहरुको माग सम्बोधन गर्न भन्दै सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ। तर, संसद अधिवेशन आजदेखि अन्त्य भएसँगै संसदमा विचाराधीन महाभियोग प्रस्ताव र संशोधन प्रस्ताव अर्को अधिवेशन सुरु नभएसम्मका लागि यथास्थितिमै रहने निश्चित भएको छ।
यसअघि न्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलाशले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो। सर्वोच्चको आदेशसँगै प्रधानन्यायाधीश कार्की नियमित काममा फर्किसक्नु भएको छ।
प्रेस काउन्सिलको अध्यक्षमा बराल नियुक्त


सरकारले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको छ। वोर्णबहादुर कार्कीको कार्यकाल सकिएसँगै रिक्त रहेको उक्त पदमा बराललाई नियुक्त गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो।- अन्नपूर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget