Websoft University

www.radiomakalu.com || 021-522512


ढोरपाटन र बडीगाढमा एमाले विजयी


cpnuml_election_
बागलुङ, जेठ ४ गते । जिल्लाको ढोरपाटन नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ । दुई हजार ६९२ मत ल्याएर एमालेका देवकुमार नेपाली प्रमुख पदमा निर्वाचित हुनुभएको छ । उपप्रमुख पदमा पनि एमालेकै करमती घर्तीले दुई हजार ७९ मत ल्याएर विजयी बन्नुभएको छ ।

यस्तै, जिल्लाको बडीगाढ गाउँपालिकामा पनि एमालेका मेयरसिंह पाइजा अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उपाध्यक्ष पदमा भने नेपाली काँग्रेसका अम्मरबहादुर श्रीस विजयी बन्नुभएको छ ।

योसँगै एमालेले जिल्लाका तीनवटा स्थानीय तहमा विजय हासिल गरेको छ । १० वटा स्थानीय तह रहेको बागलुङमा नेपाली काँग्रेसले तीन, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले एक÷एक स्थानमा जित हासिल गरेका छन् । बागलुङ नगरपालिका र जैमिनी नगरपालिकाको भने मतगणना जारी छ । बागलुङ नगरपालिकामा एमालेले अग्रता लिएको छ भने जैमिनीमा नेपाली काँग्रेस अगाडी छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget