Websoft University

www.radiomakalu.com || 021-522512


वागचौर नगरपालिकामा माओवादी केन्द्र विजयी

Election symbol of - upcn(M)

सल्यान, जेठ ४ गते । यहाँ भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भैरहेको छ । प्राप्त परिणामा एक नगरपालिका र ६गाउँपालिका को सार्वजनिक भएको छ । यहाँ रहेका ८३ वडा मध्ये ६४ वडाको नतिजा सार्वजनिक भएकोमा माओवादी केन्द्र २५ एमाले २३ र काँग्रेसको १५ वडामा विजयी भएका छन् ।
प्राप्त परिणाममा वागचौर नगरपालिका नेकपा माओवादी केन्द्रका लोकमान वुढाथोकी मेयर र कल्पना पुन उपमेयरमा विजय भएको छ । नेकपा माओवादीका लोकमान वुढाथोकीले ५ हजार १ हजार २१ प्राप्त गरी विजय हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका लोकवहादुर डाँगीले ३ हजार ६सय ८० प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा कल्पना पुन विजयी हुनुभएको छ । उहाँले ५ हजार २सय १५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी ओका देवी खत्रीले ३ हजार ५ सय ९० मत प्राप्त गर्नुभएको छ । यसै गरी वडा नम्वर १ मा नेपाली काँग्रेसका नेत्रप्रकाशभण्डारी, २मा नेकपा एमालेका घनश्याम शर्मा, नेकपा माओवादी केन्द्रका तर्फवाट ३ मा टिकाराम खत्री, ५ प्रेम पुन, ६ भुपेन्द्र वली,७ मा नेपाली काँग्रसका शेरवहादुर घर्ति, नेकपा माओवादी केन्द्रका ८ मा रोमु शाही, ९ मा नेकपा एमालेका मोहन चन्द, नेकपा माओवादी केन्द्रका ११मा मोहन खड्का र १२ मा नेकपा माओवादी केन्द्रका दिपक वली अध्यक्षमा विजयी हुनु भएको छ ।
यस्तै कपुरकोट गाउंपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ । एमालेबाट भिम बहादुर सेनल निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रका प्रकाश भण्डारीलाइ १०१७ मतले अन्तरले विजयी हुनु भएको हो । एमालेका सेनले ३ हजार १ सय ५२ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका भण्डारि २ हजार १ सय ३५ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै तिला बुढा मगरले ३ हजार ३ सय ८० मत र प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रकी एलिना रानालाइ १ हजार ५ सय १२ मत प्राप्त गर्नुभएको छ ।
६ नम्बर वडामा पनि नेकपा एमालेका हेरम बहादुर बुढाथोकी ६१८ मत ल्याएर प्यानल सहित विजयी भएका छन् । यस गापाको १ र २ नम्बर वडा माओवादी केन्द्रले, ३ नम्बर वडा काग्रेसले र ४, ५, ६ नम्बर वडामा एमालेले जीत हात पारेको छ ।
कालीमाटीमा नेकपा एमालेका दानवहादुर खत्री २ हजार ९ सय ४२ , र उपाध्यक्षमा सहनशिलता ओली डाँगी २ हजार ९ सय ४४ मत प्राप्त गरी विजयी हुनु भएको छ । केसीका प्रतीद्धन्द्धी नेकपा माओवादी केन्द्रका पुरुषोत्तम भटराई २ हजार ३ सय ९३, र ओलीका प्रतीद्धन्द्धी प्रिति डिसीले २ हजार ३ सय ८७ मत प्राप्त गर्नुभएको छ ।

यसै गरी छत्रेश्वरी गाउपालिकाको अध्यक्षमा नेपाली काग्रेस विजयी भएको छ । नेपाली काग्रेसका सन्तोष केसीले २ हजार ९ सय २२ मत प्राप्त गरी विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका ओज वहादुर वुढाथोकीले २ हजार ६ सय १२ मत प्राप्त गर्नु भएको छ ।
यस्तै उपाध्यक्षमा सिता केसी विजयी हुनु भएको छ । उहाँले २ हजार ८ सय १४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी वुद्धा केसीले २ हजार ७ सय २ मत प्राप्त गर्नुभएको छ ।
छत्रेश्वरी गाउपालिकामा वडा नं. १ मा नेपाली काग्रेसका नेव वहादुर शाह, वडा नं. २ माओवादी केन्द्रका प्रेम वहादुर खड्का विजयी हुनु भएको छ । यस्तै वडा नं. ३ मा नेकपा एमालका राज वहादुर वुढाथोकी विजयी हुनु भएको छ । वडा नं. ४ मा नेकपा एमालेका नेव वहादुर खड्का र वडा नं. ५ मा एमालेकै लिलाधर घर्ति विजयी हुनु भएको छ । यसैगरी वडा नं. ६ मा नेपाली काग्रेसका चुडामणी दशौदी र वडा नं. ७ मा नेपाली काग्रेसका राम वहादुर खड्का विजयी हुनु भएको छ ।
यसअघि नै दार्मागाउँपालिकामा नेकपा माओवादी केन्द्रका निमराज केसी अध्यक्ष, टिका शर्मा वली उपाध्यक्ष, ढोरचौरमा नेकपा एमालेका चित्रवहादुर चलाऊने, पुस्पा वोहरा, त्रिवेणीमा नेपाली काँग्रेसका मानवहादुर डाँगी र करुणा खड्का क्रमश अध्यक्ष र उपाध्यक्षमा विजयी हुनु भएको छ ।

विजय जुलुस मनाउदै गर्दा काग्रेस कार्यकर्ताको मृत्यु
स्थानीय तहमा नेपाली काग्रेसलको विजय जुलुस मनाउदै गर्दा नेपाली काग्रेसका एक कार्यकर्ताको मृत्यु भएको छ । त्रिवेणी गाउ पालिकामा नेपाली काग्रेस विजयी भएपछि जुलुसमा हिडेका त्रिवेणी गाउपालिका ६ का २४ वर्षिय खिम वहादुर खत्रीको मृत्यु भएको हो ।
जुलुसमा हिडिरहेको अवस्थामा एकासी लडेपछि घाइते भएका खत्रीलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान ल्याउदै गर्दा खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget