Websoft University

www.radiomakalu.com || 021-522512


नवलपरासीको मध्यबिन्दुमा काँग्रेस


nepali congres
नवलपरासी, जेठ ४ गते । मतगणना सम्पन्न भएको नवलपरासीको मध्यबिन्दु नगरपालिकामा पनि नेपाली काँग्रेसले जित हासिल गरेको छ, जसअनुसार प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारद्वय विजयी हुनुभएको छ । नेकाका चन्द्रबहादुर रानाले एमालेका भीमलाल अधिकारीलाई ९३१ मत अन्तरले पराजित गर्नुभएको हो । नेकाका चन्द्रबहादुर रानाको पक्षमा १० हजार ९९६ मत रहेको थियो भने एमालेका भीमलाल अधिकारीको पक्षमा १० हजार ६५ मत रहेको थियो ।

त्यसैगरी, उपप्रमुखमा पनि नेकाकै उम्मेदवार ओमकुमारी महतो विजयी हुनुभएको छ । ओमकुमारी महतो १० हजार ८३५ मत प्राप्त गर्दै मध्यबिन्दु नगरपालिकाको उपप्रमुख पदमा विजयी हुनुभएको हो ।

उपप्रमुखमा ओमकुमारी महतोले ८०२ मत अन्तरले नेकपा ९एमाले०का जोगमाया महतोलाई पराजित गर्नुभएको हो । जोगमाया महतोले १० हजार ३३ मत प्राप्त गर्नुभएको थियो । १५ वटा वडा रहेको मध्यबिन्दु नगरपालिकामा १० वटा वडामा नेपाली काँग्रेस विजयी भएको छ भने पाँचवटा वडामा नेकपा एमाले विजयी भएको छ ।

नवलपरासीमा पहिलो चरणमा निर्वाचन भएका आठवटा तहका निर्वाचनमध्ये हालसम्म छवटा स्थानीय तहको मात्र मतगणना पूरा भएको छ । छवटामै प्रमुख पदमा नेपाली काँग्रेसका उम्मेदवारले विजय हासिल गरेका छन् । तीमध्ये चारवटै गाउँपालिका र दुईवटा नगरपालिकाको प्रमुखमा नेकाका उम्मेदवारले विजय हासिल गरेका छन् ।

यस अगावै देवचुली नगरपालिकाका साथै बुलिङटार, हुप्सेकोट, विनयी त्रिवेणी र बुङ्दीकाली गाउँपालिकामा काँग्रेस विजयी भइसकेको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget