Websoft University

www.radiomakalu.com || 021-522512


डोल्पाको त्रिपुरा सुन्दरी नपाको प्रमुखमा एमाले

Election logo - uml

डोल्पा, जेठ ३ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका प्रमुख तथा उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ । विजयी हुनेमा प्रमुखका उम्मेदवार ओमबहादुर बुढाले एक हजार ६०९ मत ल्याएर विजय हुनुभएको छ भने उपप्रमुखमा चन्द्राकुमारी बुढाले एक हजार ८४५ मत ल्याएर विजयी हुनुभएको हो ।

निकटतम प्रतिद्वन्द्वी काँग्रेसबाट प्रमुखका उम्मेदबार दिलबहादुर विष्टले एक हजार ५९१ मत ल्याउनु भएको छ । काँग्रेसका उम्मेदवार विष्टभन्दा एमालेका उम्मेदवार बुढा १८ मत मात्रै बढी ल्याएर विजयी हुनुभएको हो ।

त्यस्तै, प्रमुखका माओवादीका उम्मेदवार रामलाल विकले ८३७ मत ल्याउनु भयो ।

त्यस्तै, काँग्रेसबाट उपप्रमुखका उम्मेदवार बुद्धाकुमारी शाहीले एक हजार ६४ मत ल्याएर पराजय हुनुभयो । माओवादीबाट उपप्रमुखका उम्मेदवार काली चलाउनेले ९५५ मत प्राप्त गर्नुभयो ।

उक्त नगरपालिकाको वडा नं १ को वडा अध्यक्षमा काँग्रेसका उम्मेदवार कमसिंह थापा २८३ मतसहित काँग्रेसको प्यानलनै विजयी भएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget