Websoft University

www.radiomakalu.com || 021-522512


कांग्रेसले भन्यो–अपेक्षित परिणाम आएन

कांग्रेसले भन्यो–अपेक्षित परिणाम आएन

काठमाडौं,  जेठ ४ गते ।   नेपाली कांग्रेसले स्थानीय तहको पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ । विहीबार नेपाली कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरुको चुनावको समीक्षात्मक बैठकले अपेक्षा गरेअनुरुप परिणाम नआएको निष्कर्ष निकालेको हो ।
कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरुलाई जनकारी गराउदै केन्द्रीय सदस्य महेश आचार्यले त्यति राम्रो परिणाम नआएको बताउनुभयो ।
‘जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन । यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ’ उहाँले भन्नुभयो । बैठकमा अहिलेको परिणामको समीक्षा गर्दै आगामी चुनावी रणनीति तय भएको आचार्यले जानकारी दिनुभयो । दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुने निर्णय भएको उहाँको भनाई थियो ।
दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ । संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने आर्चायले बताउनुभयो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget