Websoft University

www.radiomakalu.com || 021-522512


नयाँ राष्ट्रपतिका चयन गर्न दक्षिण कोरियामा मतदान

नयाँ राष्ट्रपतिका  चयन गर्न दक्षिण कोरियामा मतदान

फाइल फोटो

नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा मङ्गलबार देशभरी मतदान भएको छ।
निवर्तमान राष्ट्रपति पार्क गेउन हेलाई भ्रष्टाचारको अभियोग लागेर पदमुक्त हुनुभएपछि दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयन गर्न मतदान भएको हो।
मतदानका लागि देशभरी १३ हजार ९६४ मतदान केन्द्रहरु रहेको सरकारी अधिकारीले बताएका छन्। स्थानीय समयानुसार विहान ०६ बजेदेखि सुरु भएको मतदानकार्य बेलुका ८ बजेसम्म हुने भएको छ।
अघिल्लो पटक सन् २०१२ मा भएको निर्वाचनका बेलाभन्दा यस पटक दुई घन्टा बढी मतदानको समयावधि राखिएको छ। अघिल्लो पटकभन्दा यस पटक मतदाता बढ्ने अनुमान गरेर मतदानको समयावधि पनि बढेको हो।
दक्षिण कोरियाको राष्ट्रपतिबाट नाटकिय तरिकाले बहिरिने पार्क एक मात्र व्यक्ति हुनुहुन्छ। उहाँले भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको भन्दै दक्षिण कोरियामा लामो समय उहाँका विरुद्धमा प्रदर्शनसहितको आन्दोलन भएको थियो।
संवैधानिक अदालतले पदमुक्त भएको फैसला गरेको दुइदिनमा उहाँले राष्ट्रपति कार्यालय खाली गर्नुभएको थियो। रासस/सिन्ह्वा
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget