Websoft University

www.radiomakalu.com || 021-522512


काठमाडौँ महानगरमा तीन दलबीच मुख्य प्रतिस्पर्धा

Bidhya-sundar-shakya-sarbottam-dangol-rajuraj-joshi-627x376

काठमाडौँ, वैशाख २७ गते ।  काठमाडौँ महानगरपालिकाको मेयरका लागि उम्मेदवार बनेका प्रमुख तीन दलका उम्मेदवारहरूदे अनेक चुनावी कार्यसूची अगाडि सार्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ ।  प्रमुख प्रतिस्पर्धा प्रमुख तीन दलबीच हुने भएपछि उम्मेदवारले पनि सोही अनुसारको तर्क गर्नुभएको छ ।  
देशकै राजधानी रहेको सुविधासम्पन्न महानगरपालिकाको प्रमुखका  लागि  तीनवटै दलका नेता तथा कार्यकर्तालाई अहिले चुनावी चटारो छ ।  घरदैलो कार्यक्रममा व्यस्त उम्मेदवारहरूले उस्तै दाबी गर्नुभयोे, “मेरो प्रतिस्पर्धा कोहीसँग हुन सक्दैन, जित सुनिश्चित छ । ”
देशको प्रमुख निकाय रहेको महानगरपालिकामा प्रमुख पद कसले पड्काउँछ भन्ने आमजिज्ञासा छ ।  प्रमुख पदका लागि धेरै दलको तर्फबाट उम्मेदवारी परे पनि प्रमुख तीन दलका उम्मेदवारबीच नै प्रमुख प्रतिस्पर्धा हुने यहाँका मतदाताहरूको अड्कल छ ।  सोहीअनुसार कुन उम्मेदवारलाई मत दिएर बढी मतले जिताउने भन्ने निक्र्योल पनि मतदाताहरूले चासो बढाउन थालिसकेका छन् ।  Bidhya-sundar-shakya-sarbottam-dangol-rajuraj-joshi-627x376
घाम लाग्दा धुलैधुलोको ‘धुलोमान्डु’ र पानी पर्दा हिलैहिलोको ‘हिलोमान्डु’लाई जसले सही रूपमा व्यवस्थापन गर्ने योजना ल्याउँछ, त्यही उम्मेदवारलाई जिताउने अधिकांश मतदाताको भनाइ छ ।  त्यसैले उम्मेदवारहरू पनि त्यही विषयलाई प्रमुख कार्यसूची बनाएर चुनावी प्रचारमा व्यस्त हुनुहुन्छ ।
नेपाली काँग्रेसबाट काठमाडौँ प्रमुखको उम्मेदवार बन्नुभएका राजुराज जोशीले आफ्नो जित सुनिश्चित भइसकेको दाबी गर्नुभयो ।  “निर्वाचनमा मतदाताले मतमात्र खसाउन बाँकी छ, मेरो जित सुनिश्चित भइसक्यो”, जोशीले भन्नुभयो ।  आफ्नो प्रतिस्पर्धा प्रमुख प्रतिपक्षी दल एमालेको उम्मेदवारसँग हुने बताउँदै जोशीले धेरै मतको अन्तरले विजय हासिल गर्ने दाबी गर्नुभयो ।
नयाँ संविधान कार्यान्वयन गरी काठमाडौँलाई व्यवस्थित सहरका रूपमा विकसित गर्ने आफ्नो लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।  “म निर्वाचित भएमा धुलोमान्डुलाई पहिले काठमान्डु बनाउँछु अनिमात्र अन्य ‘एजेन्डा’मा प्रवेश गर्छु” भन्दै प्रमुखका उम्मेदवार जोशीले काठमाडौँको सांस्कृतिक विकास गरी विश्वभरका पर्यटकको आकर्षणको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नेकपा (एमाले)बाट मेयरको उम्मेदवार रहनुभएका विद्यासुन्दर शाक्यले अहिले देशभर एमालेकै लहर भएकाले काठमाडौँजस्तो प्रमुख स्थानमा आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो ।  “मेरो जितको आधार मेरो पार्टी र सङ्गठन हो, सङ्गठनकै जोडबल र मेरो कार्यक्षमता र मतदातासँगको नजिकको लगावले मेरो जित सुनिश्चित छ”,
उहाँले भन्नुभयो ।
काठमाडौँ महानगरपालिकालाई सफा, सुन्दर र आकर्षक बनाएर मुख्य पर्यटकीय हबका रूपमा विकास गरी यहाँको आर्थिक सबलीकरणका लागि योजनाबद्ध काम गर्ने योजना आफूसँग रहेको बताउँदै उहाँले प्रतिबद्धतालाई कार्यान्वयन गरेर देखाउने बताउनुभयो ।  आफू निर्वाचित भएमा काठमाडौँको ठाउँठाउँमा पार्क निर्माण गरी काठमाडौँलाई निःशुल्क इन्टरनेट जोनका रूपमा विकास गर्ने उहाँको प्रतिबद्धता छ ।
त्यस्तै माओवादी केन्द्रबाट काठमाडौँ मेयरको उम्मेदवार बन्नुभएका सर्वोत्तम डङ्गोलले आफ्नो जितको सुनिश्चितता भनेकै अहिलेको सरकारको लोडसेडिङमुक्त काठमाडौँ हो भन्नुभयो ।  “यो सरकारले काठमाडौँसहित मुलुकको प्रमुख सहरलाई लोडसेडिङमुक्त बनायो, म निर्वाचित भएमा काठमाडौँलाई धुलोमुक्त हरियालीमा रूपान्तरण गर्छु”,
उहाँले भन्नुभयो ।
काठमाडौँको फोहोर व्यवस्थापन र त्यसबाट ऊर्जा उत्पादन गर्नु नै यहाँको प्रमुख आर्थिक सबलीकरणको आधार भएको बताउँदै डङ्गोलले आफू निर्वाचित भएमा पहिलो काम स्पष्ट नीतिनिर्माण र कार्यान्वयन, दोस्रो काम काठमाडौँ सिटी व्यवस्थापनको योजना निर्माण र तेस्रो काम यहाँको यातायात व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो ।  काठमाडौँ सहरलाई साँच्चिकै राजधानीका रूपमा विकास गर्ने योजना आफूसँग रहेको उहाँले दाबी गर्नुभयो ।
पहिलो चरणको निर्वाचन वैशाख ३१ गते हुन गइरहेको छ ।  सोहीअनुसार प्रदेश नं. ३, ४ र ६ को निर्वाचनमा प्रमुख तीन दलबीच नै प्रतिस्पर्धा हुने बुझाइ प्रमुख दलका नेताहरूको छ ।  काठमाडौँमा पनि सोहीअनुसार प्रतिस्पर्धा हुने भन्दै तीनवटै दलका नेताले पार्टीको घोषणापत्रका साथ घरदैलो चुनावी अभियानमा जुट्नुभएको छ ।  -लक्की चौधरी


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget