
सप्तरी, जेठ १६ गते । दोस्रो चरणको स्थानीय निर्वाचनको विरोधमा उत्रिएका राजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।राजराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न खोज्दा राजपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो।
झडपबाट राजपा कार्यकर्ता सतिशकुमार सिंह घाइते भएका छन्।घाइते सिंहको गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको छ।
निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न नदिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो भने आन्दोलनकारीले जसरी पनि तालाबन्दी गर्नु पर्ने
प्रदर्शन गरकेा थिए। उक्त आन्दोलनमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संघीय समाजवादी फोरमका कार्यकर्ता भने सहभागी भएनन्।
राजपासहितको गठबन्धनले मंगलबार केन्द्रले तय गरको कार्यक्रम अन्तर्गत तराईका देशभरका स्थानीय निकायमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको थियो।- अन्नपूर्ण बाट
Post a Comment