Websoft University

www.radiomakalu.com || 021-522512


नेपाल-भारत सीमा बन्द गर्ने सहमति !

नेपाल-भारत सीमा बन्द गर्ने सहमति !
भैरहवामा नेपाल भारतका सिमा अधिकारीहरुको संयुक्त बैंठकमा सहभागीहरु । कृष्णप्रसाद ढकाल


भैरहवा,  जेठ १६ गते । नेपाल–भारतका सीमा अधिकारीहरुले असार ९ गते हुने स्थानीय तहको निर्वाचनको अवधिमा ४८ घण्टा सीमा बन्द गर्न सहमति जनाएका छन्।
नेपालका असार ९ गते हुने दोस्रा चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी उच्च सुरक्षा सर्तकता अपनाउन मतदान पूर्व ४८ घण्टा ‘बोर्डर सिल’ गर्ने सहमति भएको हो ।
भारत तर्फ उत्तर प्रदेसका सिद्धार्थनगर, महाराजगंज, वलरामपुर जिल्लाका डिएम तथा सिमा सुरक्षा वल एवं जनपद प्रहरी र नेपाल तर्फ लुम्विनी अञ्चलका सिमावर्ती तराईका रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लाका सुरक्षा अधिकारीले मंगलवार भैरहवामा संयुक्त बैंठक गरी उक्त निर्णय गरेका हुन ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले मतदानका दिन सिमा वन्द गर्नका लागि राखेको प्रस्तावलाई भारतीय अधिकारीहरुले सहर्ष स्वीकारी सिमामा शान्ति सुरक्षा कायम राख्न र चुनावी वातावरण मिलाउनलाई आवश्यक सहयोग एवं समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेको बताउनुभयो ।
दुवै मुलुकका अधिकारीहरुले संयुक्त रुपमा दसगजा अतिक्रमण एवं सीमा अपराध नियन्त्रण गर्न र सीमाक्षेत्रमा कडा चेकजाँच गर्नुका साथै चुनाव शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सिमावर्ती क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीहरुको संयुक्त गस्ती टोली व्यापक रुपमा परिचालन गर्न सहमति भएको बैंठकपछि भारत महारजगंज जिलाका डिएम विरेन्द्र कुमार सिंहले अन्नपुर्णकर्मीलाई जानाकारी दिनुभयो ।
प्रदेस नंं ५मा पर्ने नेपाल–भारतका सिमावर्ती यी जिल्लाका मुल, सहायक सवैं नाकाहरु बन्द गर्न दुवैदेशका सिमावर्ती सुरक्षा अधिकारीहरु सहमत भएका छन् । नेपालले नेपाल–भारतका सिमानाका तथा सुरक्षा संवेदनशील क्षेत्रहरुमा तालिम प्राप्त कुकुरहरु समेत परिचालन गरी थप सुरक्षा एवं अनुसन्धान कार्वाहीको योजना वनाएको छ ।
सुरक्षा संवेदनशिलतालाई ध्यानमा दिई जिल्ला सुरक्षा समितिले चुनावमा चार घेराको सुरक्षा व्यवस्था मिलाएको छ । खतरा, अतिसंवेदनशील, संवेदनशील, सामान्य स्थानहरुको वर्गीकरण गरी सोही अनुसार सुरक्षा रेखा वनाएर सुरक्षाको प्रवन्ध मिलाउने कार्य भईरहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।
दुईदेशका सुरक्षा अधिकारीहरुको ‘काउन्टर पार्ट मिटिङ’मा भरपर्दो सुरक्षा र चुनाव सफल पार्न नया सुरक्षा रणनीतिहरु अपनाउने निर्णय गरिएको अधिकारीहरुले बताएका छन । दुवै देशका अधिकारीहरुले आ–आफनो क्षेत्र सिमानाकाहरुमा सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेका छन् ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले चुनावको मात्रै नभई सर्वसाधारण नागरिकमा समेत सुरक्षाको अनुभुत हुनेगरी नेपाली सेना, सशस्त्र प्रहरी, म्यादी प्रहरी, राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु सादा पोशाकमा समेत खटिएर विशेष सुरक्षा प्रदान गर्ने रणनीति बनाएर अगाडी बढेको बताउनुभयो ।
मतदान केन्द्र एवंं निर्वाचन स्थलहरुमा प्रहरीलाई अगाडी राखिनेछ । उनीहरुको पछाडी हतियारधारी संशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेनाले कडा सुरक्षा दिने प्रजिअ ढकालले वताउनुभयो । चुनावी सुरक्षा वातावरण बनाउन यसक्षेत्रका सवै सुरक्षा अधिकारीहरु गंभिर भएर लागि परेका छन् ।
भारतीय क्षेत्रमा नेपाली सिमकार्डको प्रयोग नियन्त्रण, सिमावर्ती अपराध नियन्त्रणमा एकले अर्कालाई सूचना तथा सहयोग आदनप्रदान गर्ने दुवै देशका सुरक्षा अधिकारीहरु वीच साझा रणनीति बनाई प्रभावकारीढंगले कार्यान्वयनमा लाग्ने निर्णय भएको प्रहरी उपरिक्षक रविन्द्र धानुकले जानकारी दिनुभयो ।
नेपालीपक्षको नेतृत्व रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले गर्नु भएको थियो । बैठकमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, प्रहरी उपरीक्षक भोजजंग शाह, संशस्त्र प्रहरी उपरीक्षक सुदिश कुमार गुरुङ, अनुसन्धान अधिकृत सरद वन्धु डिसि, रुपन्देहीका प्रहरी उपरीक्षक रविन्द्र धानुक सशस्त्र प्रहरी उपरीक्षक वेणी प्रसाद पाठक, राष्ट्रिय अनुसान्धान प्रमुख ठाकुरचन्द्र केसी, नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगर, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद चोधरी, सशस्त्र पहरी उपरीक्षक टंक बहादुर खडका, राष्ट्रिय अनुसन्धानका प्रमुख रमेश चन्द्र यादव, राष्ट्रिय अनुसन्धान सहायक प्रमुख विनय चतुर्भेदी लगायतको उपिस्थिति रहेको थियो ।
यसैगरी भारतीय पक्षबाट महाराजगंज जिल्लाका डिएम विरेन्द्र कुमार सिंहको नेतृत्वमा प्रहरी अधिकृत एसपी आरपी सिंह, सिमा सुरक्षा वलका कमान्डेड शिव दयाल, सिद्धार्थनगर जिलाका डिएम कुमाल शिलकु, एसपी सत्यन्द्र कुमार, एस्एसवीका रमेश कुमार, वलरामपुर जिलका एडिएम शिव पुजमलगायत सिमा सुरक्षा वल, जनपद प्रहरीका उच्च सुरक्षा अधिकारीहरु बैठकमा सहभागी हुनुहुन्थ्यो।- अन्नपूर्ण बाट , कृष्णप्रसाद ढकाल

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget