Websoft University

www.radiomakalu.com || 021-522512


गाउँ छिरेका गुण्डा प्रहरीको विशेष निगरानीमा, झडप हुन नदिन विषेश टोली परिचालन






काठमाडौं , वैशाख २७ गते । स्थानीय तहको निर्वाचन नजिकिँदै गरेका बेला निर्वाचन प्रचारप्रसारमा जुटेका दलका कार्यक्रताहरुबीच झडप हुन नदिन प्रहरीले विषेश टोली परिचालन गरेको छ ।

मंगलबार राति दोलखामा नेकपा एमाले र माओवादी केन्द्रका कार्यक्रताहरुबीच झडप हुँदा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भए छि पहिलो चरणको निर्वाचन हुने जिल्लाका निर्वाचन हुने स्थानमा सरकारले थप सुरक्षा परिचालन गरेको छ ।

दोलखामा थप झडप नहोस् भन्नका लागि प्रहरी प्रधान कार्यालयबाट स्पेसल टास्क फोर्स परिचालन गरिएको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले बाह्रखरीलाई जानकारी दिए ।

एसएसपी खनालले भने, “दोलखामा दुई दलका कार्यकर्ताबीच भएको झडपले उग्र रुप नलियोस् भन्नका लागि हामीले प्रहरी प्रधान कार्यालयबाटै विषेश टोली परिचालन गरेका छाैं। निर्वाचन हुने जिल्लाहरुमा कुनै पनि अराजक गतिविधि हुन नदिनू, सुरक्षाकर्मी कम भएको जिल्लामा थप सुरक्षाकर्मी परिचालन गर्नू भन्ने आईजीपी साबको निर्देशन छ ।”

प्रहरी प्रधान कार्यालयले चुनावलाई लक्षित गर्दै मुख्यालयमा रहेको स्पेसल टास्क फोर्सलाई तैनाथ राखेको पनि एसएसपी खनालले बताए ।

निर्वाचन प्रचारमा जाँदा हामीलाई खबर गर्नू : प्रहरी
निर्वाचनको प्रचारमा जाँदा अथवा कुनै चुनावी र्याली निकाल्दा प्रहरीलाई अनिवार्य खबर गर्न प्रहरी मुख्यालयले आग्रह गरेको छ ।
“निर्वाचनको क्रममा घरदैलोदेखि प्रचारमा छुटेका बेला पार्टी पार्टीबीचमा झडप तथा मनमुटाव हुने अवस्था भएका कारण हामीले निर्वाचन प्रचारमा जाँदा प्रहरीलाई खबर गर्नु भनेका छौं, खबर भए हामी सुरक्षा प्रदान गर्नेछौं,” प्रवक्ता खनालले भने ।
निर्वाचन विरोधी गतिविधी गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याएर कारवाही गर्ने प्रवक्ता एसएसपी खनालले बताए ।

“देश निर्वाचनमा होमिएका बेला कुनै व्यक्तिले चुनाव हुन दिँदैनौं भन्न मिल्दैन । निर्वाचन विरोधी गतिविधि गर्ने १ सय १९ जना चन्द माओवादीका कार्यकर्तालाई कानुनअनुुसार कारबाही अघि बढाएका छौं । चुनावी विरोधी गतिविधि छिसिक्क हुन दिन्नौं,” उनले भने ।
प्रहरीले निर्वाचनका लागि गाउँ पुगेका गुण्डाहरुको विषेश निगरानी थालेको छ । “काठमाडौं प्रहरीको लिष्टमा रहेका अधिकांश गुण्डागर्दीमा संलग्नहरु गाउँ पुगेको हामीले खबर पाएका छौं, चुनावमा चलखेल त परैको कुरा, छिसिक्क गरे कडा कारवाही हुन्छ,” प्रवक्ता खनालले भने ।

प्रहरीले दुईजना गुण्डा नाईके र उनीहरुको आडमा गुण्डागर्दीमा संलग्नलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । त्यसैगरी स्थानीय प्रहरीसँग समन्वय गरी गाउँ पुगेका गुण्डाहरुको निगरानी प्रहरीले थालेको छ ।
- डिल्ली , पाण्डे , बाह्रखरीबाट 
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget