Websoft University

www.radiomakalu.com || 021-522512


साउदीबाट लगाएको माया गेस्टहाउस पुगेर हत्यामा परिणत

                 श्रीमती भन्दै होटलमा बसेका बद्री हत्या गरी गहना लुटेर भागे




काठमाडौं , वैशाख २३ गते । सिन्धुपाल्चोक इन्द्रावती–५ का ५१ वर्षीय बद्रीप्रसाद तिमल्सेना र काभ्रे महांकाल–८ की लक्ष्मी तामाङबीच टेलिफोनमार्फत १८ महिनाअघि चिनजान भएको थियो ।

त्यस बेला तिमल्सेना साउदी अरबमा थिए । तिमल्सेनाले एक दिन आफन्तलाई फोन गर्ने बेला झुक्किएर लक्ष्मीको फोन डायल भएछ । महिलाको स्वर सुनेका तिमल्सेनाले गलत नम्बर भए पनि साउदीबाटै बारम्बार फोन गर्न थाले । टेलिफोनमा उनीहरूको माया बस्यो र तिमल्सेनाले नेपाल आउँदा भेट्ने योजना बनाए ।

गत चैत २० गते तिमल्सेना नेपाल फर्किए । नेपाल फर्केपछि पनि परिवारले थाहा नपाउने गरी दुई जनाको कुरा हुने गरेको थियो । उनी नेपाल आएयता दुई पटक काठमाडौंमा भेटघाट भएको र त्यतिखेर उनीहरूबीच आर्थिक कारोबारसमेत भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार, परिवारका सदस्यले थाहा पाउने डरले लक्ष्मी र तिमल्सेना काठमाडौं आएर होटलमा बस्दा नाम परिवर्तन गरेर बस्ने गर्थे ।

वैशाख २३ गते उनीहरूले काठमाडौं घुम्न जाने योजना बनाए । उनीहरू काठमाडौं आएर कोटेश्वरस्थित होटल होम एन्ड गेस्ट हाउसको कोठा नम्बर ३०४ भाडामा लिएर बसे । उनीहरूले होटलमा बस्दा श्रीमान्–श्रीमतीको नाता बताएका थिए र नामसमेत झुटो बताएर बसेका थिए ।

अनुसन्धान अधिकारी भन्छन्, ‘‘तिमल्सेनाले लक्ष्मीको हत्या गर्ने योजनाका साथ काठमाडांै बोलाएको देखियो । उनले हत्या गर्नकै लागि प्लास्टिकको डोरी किनेर राखेको फेला पर्यो । तर हत्या गर्दा उनले लक्ष्मीको सलले घाँटी रेटेको अनुसन्धानबाट खुल्यो ।’’
हत्यापछि तिमल्सेना होटलबाट भाग्नलाई ‘एयरपोर्टबाट साथी आउँदैछ, खाना पकाउँदै गर्नू, श्रीमती सुतेकी छन्’ भन्दै होटलबाट बाहिरिएका थिए ।

होटल स्टाफले खाना पकाएर राखे पनि खाने समय बित्दा समेत कोही खान नआएपछि तिमल्सेनाको खोजी भयो । साथी लिन भन्दै एयरपोर्टतिर हिँडेका तिमल्सेना नफर्किएपछि होटलका कर्मचारीले कोठामा गएर हेरे । कोठामा हत्या गरी भुइँमा लडाएर बाहिरबाट चुकुल लगाइएको अवस्थामा लक्ष्मी फेला परिन् ।

तिमल्सेनाले मृतक लक्ष्मीले लगाएका सुनका गहनासमेत निकालेर लगेको अनुसन्धानबाट खुलेको छ । हत्यापछि फरार तिमल्सेनालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । मृतक लक्ष्मीका श्रीमान् पनि मलेसियामा वैदेशिक रोजगारीमा छन् । - डिल्ली , पाण्डे , बाह्रखरीबाट
Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget