Websoft University

www.radiomakalu.com || 021-522512


देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा : थापा

देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा : थापा

पोखरा, बैशाख २७ गते  ।   स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएक थापाले नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा आज आयोजित कोणसभालाई सम्बोधन गर्दै निष्पक्ष र भयरहित वातावरणमा स्थानीय तहको दुई चरणकै निर्वाचन सम्पन्न गरी काँग्रेसले आफ्नो दायित्व पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।
अरु दलले घुर्की लगाउँदै जिम्मेवारीबाट पन्छिए पनि काँग्रेसले कसैसँथ घुर्की लगाउने बताउनुभयो । मन्त्री थापाले अहिलेको निर्वाचन राम्रो काम गर्ने दललाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्ने नेपाली जनताको एक महान अवसर भएको धारणा राख्नुभयो ।मन्त्री थापाले स्थानीय सरकार बलियो बनाएर विदेशिएका लाखौँ युवायुवतीलाई स्वदेशमै रोजगारीका अवसरमा सिर्जन गर्ने गरी काँग्रेसले विशेष कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो ।
पार्टीका केन्द्रीय नेता एवम् निर्वाचन परिचालन समितिका संयोजक डा शेखर कोइरालाले काँग्रेसले स्थानीय तहलाई भ्रष्टाचारमुक्त, सुशासन, जवाफदेहिता र पारदर्शी बनाउन चाहेको बताउनुभयो ।उहाँले काँग्रेसबाट विजय प्राप्त गर्ने जनप्रतिनिधिले पाँच वर्षसम्म ती निकायलाई समृद्ध बनाउन सधैं खबरदारी गर्ने दृढता व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष कोपिला रानाभाट र नेपाली काँग्रेसका तर्पmबाट पोखरा लेखनाथ महानगरपालिका प्रमुख पदका उम्मेदवार रामजी कुँवरले पोखराको समृद्धिमा सबैको ध्यानाकर्षण गराउनुभयो । यसअघि पोखराको चिप्लेढुङ्गाबाट निस्केको एक र्‍याली महेन्द्रपुल, पृथ्वीचोक, सिर्जनाचोक हुँदै पुन चिप्लेढुङ्गामा पुगेर कोणसभामा परिणत भएको थियो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget