Websoft University

www.radiomakalu.com || 021-522512


माओवादी केन्द्रको बैठकमा ओलीको फोन आएपछि प्रधानमन्त्री जुरुक्कै उठेर हिँडनुभयो

माओवादी केन्द्रको बैठकमा ओलीको फोन आएपछि प्रधानमन्त्री जुरुक्कै उठेर हिँडनुभयो

काठमाडौं  वैशाख १८ गते  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा माओवादी केन्द्रका नेतालाई विकसित राजनीतिक घटनाक्रमका बारेमा बिफ्रिङ गरिरहनु भएको थियो । त्यही समयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फोन आयो ।
दुई नेताबीच टेलिफोनमा कुराकानी भयो र तत्कालै भेट्ने निष्कर्षमा पुग्नुभयो । दुई नेताले भेट्ने स्थल सभामखु ओनसरी घर्तीको सिंहदरवारस्थित कार्यकक्षलाई चयन गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले पार्टीका नेताहरुलाई भन्नुभयो, ‘तपाईहरु खाना खानुस, म केपीजीलाई भेटेर आउँछु ।’ नेता मणि थापाले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बिफ्रिङ नसकिँदै प्रधानमन्त्रीएमाले अध्यक्ष ओलीलाई भेट्न जानु भएको जानकारी दिनुभयो।
प्रधानमन्त्री प्रचण्ड फेरि बालुवाटार फर्किनुभएको छ । प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयका अनुसार दुई बजे लाजिम्पाटमा हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ ।
एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको छलफलका आधारमा पार्टीमा निर्णय गराउने उद्देश्यले प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेतालाई ३ बजे बालुवाटारमा बोलाउनु भएको छ । नेता दीनानाथ शर्माका अनुसार ३ बजे पुन: बैठक बस्ने गरी स्थगित भएको हो ।- अन्नपुर्ण बाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget