Websoft University

www.radiomakalu.com || 021-522512


ओलीसँग चार बुँदामा सहमति खोज्ने प्रधानमन्त्रीको प्रयास

 ओलीसँग चार बुँदामा सहमति खोज्ने प्रधानमन्त्रीको प्रयास

काठमाडौ   वैशाख १८ गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली समक्ष चार बुँदामा सहमतिको प्रयास गर्नु भएको छ ।
संविधान संशोधन विधेयक,प्रधानन्यायधिश सुशीला कार्की बिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव,बैशाख ३१ र जेठ ३१ का लागि घोषित स्थानीय तहको निर्वाचन र जेठ १५ गते ल्याउनु पर्ने बजेट ल्याउनु पर्ने सम्बैधानिक बाध्यताका बारेमा अध्यक्ष ओलीसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।
संविधान संशोधनको औचित्य माथि प्रश्न उठाउँदै अध्यक्ष ओलीले प्रधानन्यायधिश कार्की माथि दर्ता गरिएको महाअभियोग प्रस्ताव न्यायालय माथिको हस्तक्षेप भएको,दोस्रो चरणको निर्वाचन भन्दा अगाडि बजेट ल्याउन नमिल्ने पूरानै तर्क दोहोरयाउनु भएको थियो ।
सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरवारमा ओलीसँग खुलेर कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको नीजि सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष ओलीलाई बैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचन कुनै हालतमा पनि नरोकिने बिश्वास दिलाउने प्रयास गर्नु भएको थियो । निर्वाचनलाई सबै राजनीतिक दलले उत्सवका रुपमा सम्पन्न गर्नु पर्नेमा प्रधानमन्त्री प्रचण्डले जोड दिनु भएको थियो ।- अन्नपूर्ण

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget