Websoft University

www.radiomakalu.com || 021-522512


नौ घन्टापछि कांग्रेस उम्मेदवार अपहरणमुक्त


नौ घन्टापछि कांग्रेस उम्मेदवार अपहरणमुक्त
बेनी,  वैशाख २० गते । स्थानीय निर्वाचनमा बेनी नगरपालिका ३ भकिम्लीमा कांग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार क्याप्टेन जसबहादुर पुन नौ घन्टापछि अपहरणमुक्त हुनुभएको छ । उहाँलाई बरन्जाबाट अपहरणमुक्त गरिएको हो ।
सोमबार साढे ११ बजे भकिम्लीबाट जिल्ला सदरमुकाम बेनी आउँदै गर्दा बाटोबाटै उहाँ अपहरणमा परेका थिए । दिउँसो साढे २ बजे पुनले पार्टी सचिव हरिकुमार श्रेष्ठलाई आफू अपहरणमा परेको र वैशाख ३१ गतेसम्म रिहाइ नगर्ने बताएको जानकारी गराउनुभएको थियो । कांग्रेसका पदाधिकारी र परिवारजनले अपहरणबारे सुरक्षा निकायलाई खबर गरेपछि सोमबार तीन बजे नै जनपद र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो ।
सुरक्षाकर्मीको विशेष टोलीले सोमबार साँझ नौ बजे उनलाई बरञ्जा क्षेत्रबाट अपहरणमुक्त गरेको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘अपहरणको सम्भावित ठाउँमा हामीले विशेष टोली परिचालन ग¥यौं, बरन्जा क्षेत्रमा बढी ध्यान दियौं, साँझ उहाँलाई अपहरणमुक्त गर्न सफल भयौं’, उहाँले भन्नुभयो, ‘उहाँको स्वास्थ्य परीक्षण गरेर आफन्त एवं पार्टीको जिम्मा लगाएका छौं ।’
कसले किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको दाबी गरेको छ । भकिम्लीको दुधेखोलाबाट अपहरणमा पर्नुभएका पुनलाई सवारीसाधनमार्फत बरन्जाको माथिल्लो क्षेत्रमा पु¥याइएको थियो ।
कसले किन अपहरण गरेको हो भन्ने विषयमा सुरक्षा निकायले नखुलाए पनि कांग्रेसले भने विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अपहरण गरेको दाबी गरेको छ ।
अवकाशप्राप्त भारतीय सैनिक पुन राजनीतिकभन्दा सामाजिक अभियन्ता भएका कारण लोकप्रिय हुनुहुन्छ । ‘अपहरणमा विप्लव समूहकै संलग्नता छ’, वडा सदस्यकी उम्मेदवार मनकुमारी विश्वकर्माले भन्नुभयो, ‘उनीहरूलाई कडा कारबाही हुनुपर्छ ।’
कांग्रेसमा आफन्त र नजिककालाई टिकट
दमौली : स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा अन्तिम समयमा आएर तनहुँकांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको जिल्लामा टिकट वितरणमा आफन्त र निकटलाई काखी च्यापिएको नेता–कार्यकर्ताले आरोप लगाएका छन् ।
पार्टी वरिष्ठ नेता पौडेलले आफ्mना भाइ ओजराज पौडेललाई व्यास ८ को टिकट दिलाउनुभएको छ । चितवनका बासिन्दा पौडेललाई रिस्ती क्षेत्रबाट वडाअध्यक्षको टिकट मिलेको हो । स्थानीयस्तरमा लोकप्रिय रामप्रसाद मि श्रलाई पन्छाउँदै पौडेललाई टिकट दिइएको असन्तुष्ट पक्षको गुनासो छ । यता, संसदीय दलका सचिव ध्रुव वाग्लेकी दिदी मीरा जोशीले व्यास नगरपालिकाको उपमेयरको टिकट पाउनुभएको छ । टिकट दौडमा रहनुभएकी पूर्वसभासद् उर्मिला थापा तथा नेत्री सरिता गुरुङलाई पन्छाउँदै महाधिवेशन प्रतिनिधिसमेत रहेकी जोशीले टिकट पाउनुभएको हो ।
अन्तिम समयसम्म वाग्लेले जोशीका पक्षमा लबिङ गर्नुभएको थियो । नेताहरूले टिकट वितरणमा आआफ्ना मान्छेलाई प्राथमिकता दिएका छन् । व्यास नगरपालिकाको मेयरमा पार्टी वरिष्ठ नेता पौडेलनिकट सभापति वैकुण्ठ न्यौपानेलाई टिकट दिइएको छ । नगरपालिका मेयरमा दर्जनजति आकांक्षी थिए। शुक्लागण्डकीको मेयरमा केन्द्रीय सदस्य प्रदीप पौडेल तथा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीनिकट किसान गुरुङले टिकट पाउनुभएको छ ।
यसअघि उद्योग वाणिज्य संघ अध्यक्ष कृष्णराज पण्डितले टिकट पाउने चर्चा चले पनि पार्टी केन्द्रीय समितिसम्म पुगेको विवादपछि गुरुङकै पक्षमा निर्णय भएको हो । भानु नगरपालिका प्रमुखमा पूर्वसहमहामन्त्री गोविन्दराज जोशीनिकट उदयराज गौलीले टिकट पाउनुभएको छ । उहाँको सट्टा आफूनिकट आनन्दराज त्रिपाठीलाई टिकट दिन अन्तिम समयसम्म केन्द्रीय सदस्य शंकर भण्डारीले गरेको प्रयास सफल हुन सकेन । बन्दीपुर गाउँपालिकामा भने उहाँनिकट कर्णबहादुर खत्रीले प्रमुख टिकट पाउनुभएको छ ।
चर्काचर्कीबीच एमालेको निर्णय
एमाले बलियो ठानिएको भीमाद नगरपालिकाको मेयरको विवाद पार्टी केन्द्रसम्म पुग्यो । प्रदेश इन्चार्ज किरण गुरुङनिकट मेखबहादुर थापालाई टिकट दिने विषयमा प्रदेशमा सहमति नभएपछि विवाद केन्द्रसम्म पुगेको थियो ।
केन्द्रले थापालाई नै टिकट दिएको छ । पार्टीका पुराना र प्रभावशाली नेता दधिराज सुवेदीलाई टिकट दिलाउन पार्टी अध्यक्ष केदार सिग्देलसहित लागेका थिए । भानु नगरपालिकामा केन्द्रीय लेखा आयोगका सदस्य विद्यानाथ ढकाललाई टिकट दिलाउने ओली पक्षको प्रयास सफल भएन । भानुको मेयरमा वरिष्ठ नेता झलनाथ खनालनिकट भगवती न्यौपानेले टिकट पाउनुभएको छ । शुक्लागण्डकीको उपमेयरमा माधवकुमार नेपालनिकट रेखा थापा बस्याललाई पार्टीले टिकट दिएको छ।- अन्नपूर्ण  बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget