Websoft University

www.radiomakalu.com || 021-522512


राष्ट्रिय एकतासहित मुलुक अगाडि बढ्यो : प्रधानमन्त्री प्रचण्ड

puspa kamal dahalको लागि तस्बिर परिणाम

काठमाडौं,वैशाख २० गते ।  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन प्रक्रिया सुरु भएसँगै संविधान कार्यान्वयनमा राष्ट्रिय एकतासहित मुलुक अगाडि बढेको बताएका छन् ।

राष्ट्रिय विकास समस्या समाधान समितिको ३९ औँ बैठकलाई सम्बोधन गर्दै उनले यही वैशाख ३१ गतेको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता बढेकाले मुलुक संविधान कार्यान्वयनको सङ्कल्पसहित अगाडि बढेको बताएका हुन् ।


प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयनका लागि स्वतन्त्र, स्वच्छ, भयरहित एवम् सुरक्षित रुपमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको दोहोयाृउँदै हिमाल, पहाड र तराई एवम् सबै समुदाय निर्वाचनमा अगाडि बढेको उल्लेख गरे ।

मुलुकको समग्र आर्थिक प्रगति सकारात्मक दिशामा अगाडि बढेको उल्लेख गर्दै उनले भूकम्पपछिको पुनःनिर्माण कार्य अगाडि बढ्न नसकेकाले उक्त कार्यमा सहयोग गर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

प्रधानमन्त्रीले वर्तमान सरकारले लिएको नीति तथा प्रक्रियागत सुधारका कारण मुलुकको आर्थिक वृद्धिदर करिब सात प्रतिशत रहने र मुद्रास्फीति औसतमा लक्ष्यभन्दा कम रहने अवस्था आएको बताउँदै न्यूनतम ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी अगाडि बढ्नुपर्नेमा जोड दिए।

राष्ट्रिय योजना आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले काठमाडौँ–तराई द्रुतमार्ग, निजगढ र पश्चिम सेतीजस्ता आयोजना अगाडि बढ्न नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्दै एक महिनाभित्र सम्बन्धित आयोजनालाई अगाडि बढाउनुपर्ने बताए ।

संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तहसम्मलाई सम्बोधन गर्ने गरी बजेट तयार गर्न र सोहीअनुसारको योजना पनि निर्माण गर्न अर्थमन्त्रालय र राष्ट्रिय योजना आयोगलाई निर्देशन दिदैं उहाँले पूर्वाधार तथा सञ्चारलगायतका उपभोक्तासँग सम्बन्धित निकायले गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।

बैठकमा सहभागी मन्त्रीले राष्ट्रिय गौरवका आयोजना र समग्र समस्याका बारेमा जानकारी गराए ।

आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालित ४ सय ८४ आयोजनाको प्राथमिकीकरण, वार्षिक बजेटको तुलनामा दोस्रो चौमासिकको खर्चस्थिति एवम् पहिलो प्राथमिकता प्राप्त आयोजनाको प्रगतिका विषयमा जानकारी दिए । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget