Websoft University

www.radiomakalu.com || 021-522512


महाअभियोग विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता


महाअभियोग विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता
काठमाडौं, वैशाख २० गते । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा दर्ता गरिएको महाअभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता सुनिल रञ्जन सिंहले बुधबार ०७- -११७० मार्फत रिट निवेदन दर्ता गराउनु भएको हो। रिटमाथिको पेशी बिहीबारलाई तोकिएको छ।
नेपाली कांग्रेस संसदीय दल, एमाओवादी केन्द्रको संसदीय दल, व्यवस्थापिका संसद, सभामुख ओनसरी घर्ती, संसदका महासचिव मनोहरप्रसाद भट्टराई बिरुद्ध अधिवक्ता सिंहले रिट निवेदन दर्ता गराउनु भएको हो।

निर्देशित न्यायपालिका बनाउने कलुषित मनसाय गरी दर्ता गरिएको महाअभियोग संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायालयमाथि स्वेच्छाचारी ढंगले निष्पक्ष गर्न खोजेको र यसले संघीय लोकतान्त्रिक गणतन्त्रको आधारभूत संवैधानिक सिद्धान्तमा नै तत्काल खतरा उत्पन्न गर्ने रिट निवेदनमा उल्लेख छ।
रिट निवेदनको टुंगो नलागेसम्म प्रधानन्यायाधीश कार्कीलाई यथावत रुपमा पूर्ण जिम्मेवारीका साथ काम गर्न दिन विपक्षीका नामा सर्वोच्च अदालत नियमावली ०४९ को नियम ४१ (१) अनुसार अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ  । - अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget