Websoft University

www.radiomakalu.com || 021-522512


मधेसका मतदाता अन्योलमा


मधेसका मतदाता अन्योलमा

 जलेश्वरमा राजपाका नेता कार्यकर्ताले निकालेको लाठी र मसाल जुलुस । तस्बिर : अन्नपूर्ण
                     एकतिर चुनावको तयारी अर्कोतिर आन्दोलन


बर्दिबास,  जेठ १७ गते । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले प्रदर्शन गरेको लाठी र मसाल जुलुसले महोत्तरीका मतदाता अन्योलमा परेका छन् । महोत्तरीसहित तराईका जिल्लाहरूमा मुख्य दलहरू चुनावी तयारीमा कम्मर कसेर होमिएका बेला मधेसका जिल्लामा राजपा नेपालले थालेको आन्दोलनले तराईमा फेरि हिंसात्मक गतिविधि बढ्ने भन्दै स्थानीय चिन्तित देखिएका छन् ।
निर्वाचन आयोगले दल दर्ता गरेर निर्वाच चिह्न दिनुपर्ने, जनसंख्याको आधारमा स्थानीय तह बढाउनुपर्ने, दोस्रो स्थानीय निकायको चुनाव हुनुभन्दा पहिले संविधान संशोधन हुनुपर्नेजस्ता माग अघि सारेर राजपाले आन्दोलन थालेको छ । बीस वर्षपछि हुन लागेको स्थानीय निकायको चुनावले नागरिक खुसी भएर कुन पार्टी र कस्ता उम्मेदवारलाई भोट दिने भनेर सोचिरहेका बेला मसाल जुलुस र लाठी जुलुसले फेरि पनि चुनाव नहुने हो कि भन्ने चिन्ता बढेको छ ।
उम्मेदवारको दाबेदार धेरै भएकाले ठूला दललाई उम्मेदवार छनोट गर्न हम्मेहम्मे परिरहेका बेला राजपाका नेता तथा कार्यकर्ताले भने स्थानीय निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । राजपाले मसाल बालेर सुरु गरेको आन्दोलन र ठूला दलको चुनावी प्रचारप्रसारले यतिखेर सबैको ध्यान तनेको छ ।
‘एकातिर दोस्रो स्थानीय तह चुनावको तयारी र अर्कोतिर आन्दोलनले मतदता अन्योलमा छन्', बर्दिबास नगरपालिका १ का सचेत मतदाता हरिप्रसाद भट्टराईले भन्नुभयो, ‘फेरि पनि स्थानीय तहको चुनाव हुन्छ कि हुँदैन भन्ने आम मानिसमा दुविधा छ । एउटै देशमा एकभागमा चुनाव हुने र अर्को भागमा चुनाव नहुने अवस्थाले संविधान कार्यान्वय पनि चुनौतीपूर्ण बन्दैछ ।' आन्दोलनरत राजपाका जायज माग सम्बोधन गरेर सरकारले मधेसी दललाई पनि चुनावमा ल्याउनुपर्ने वातावरण बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्थानीय तहको चुनाव गराएर देशलाई निकास र जनतालाई विकासको बाटोमा अघि बढाउनुपर्ने भन्दै भट्टराईले भन्नुभयो, ‘मधेस देशको आधा जनसंख्या ओगटेको ठूलो भाग हो । मधेसलाई पाखा लगाएर चुनाव सफल हुँदैन । सरकारले सफल हुने गरी चुनाव गराउनुपर्छ ।'
बर्दिबासका नागरिक अगुवा कुर्महरि सुवेदी भन्नुहुन्छ, ‘सबै दललाई सरकारले चुनावी माहोलमा ल्याउनुपर्छ । जित हार आफ्नो ठाउँमा छ ।' महोत्तरीमा ३ लाख ८ हजार ४ सय ४ मतदाता छन् । मतदताहरू चुनावको पक्षमा रहेको जनहित नन्दलाल माध्यमिक विद्यालय किसाननगरका प्रधानाध्यापक कुमार घिमिरेले बताउनुभयो । ‘मधेसी दलका माग समान्य छन् । दल दर्ता गरे निर्वाचन चिह्न दिनुपर्छ', उहाँले भन्नुभयो, ‘चुनाव हुने वा नहुने अन्योल समाप्त पारेर सरकारले मधेसमा निर्वाचन हुने वातावरण तयार गरोस् ।' नागरिक चुनाव हुन्छ र भोट हालेर जनप्रतिनिधि चुन्ने आस संगालेर बसेको बर्दिबासका मतदाता केदालबहादुर कोइलाको ठम्याइ छ ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget