Websoft University

www.radiomakalu.com || 021-522512


मेसीलाई युरोपियन गोल्डन सु

मेसीलाई युरोपियन गोल्डन सु

बार्सिलोना : युरोपियन गोल्डन सु अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेसीले जितेका छन् । स्पेनिस ला लिगामा उत्कृष्ट प्रदर्शन गरेका मेसीलाई सन् २०१६/०१७ को सिजनको अवार्डबाट सम्मानित गरिएको हो । अर्जेन्टिनी राष्ट्रिय टोलीका प्रभावशाली स्ट्राइकर मेसीले अवार्ड पाएको यो चौथो पटक हो । मेसीले जस्तै यस अवार्ड रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले पनि चार पटक जितेका थिए ।
स्पेनिस ला लिगामा दोस्रो स्थान हात पारेको बार्सिलोनाका लागि मेसीले जारी सिजनमा ३७ गोल गरेका थिए । उनले बार्सिलोनाका लागि सबै खेलमा गरेर भने ५४ गोल गरेका थिए । युरोपको विभिन्न देशमा आयोजना हुने लिगमा सर्वाधिक गोल गर्ने खेलाडीलाई युरोपियन गोल्डन सु अवार्ड दिने प्रचलन रहेको छ । यस अवार्डका लागि मेसीले सर्वाधिक ७४ अंक पाएका थिए ।
मेसी पछाडि स्पोर्टिङ लिस्बनका बास दोस्त रहे । ६८ अंक पाएका उनले लिगमा ३४ गोल गरेका थिए । बोरुसिया डर्टमन्डका स्ट्राइकर पियरे एमरिक अयुबामेयाङ ३१ गोलका साथ तेस्रो भए । चौथो स्थानमा रियलका क्रिस्टियानो रोनाल्डो रहे । रोनाल्डोले यस सिजनमा २५ गोल गरेका थिए ।-एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget