Websoft University

www.radiomakalu.com || 021-522512


ठिमी नगरपालिकाको निर्वाचन केन्द्र नजिकै बम विष्फोट


ठिमी नगरपालिकाको निर्वाचन केन्द्र नजिकै बम विष्फोट

भक्तपुरको गठ्ठाघरमा वेवारिशे अवस्थामा भेटिएको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोजल गर्दै ।

भक्तपुर, बैशाख ३१ गते । भक्तपुरको गट्ठाघरस्थित मध्यपुर ठिमी नगरपालिका ३ बस स्टेनमा छउेउमा बम विस्फोट भएको छ । नेकपा एमालेका मेयर प्रत्याशी मदनचन्द्र श्रेष्ठको घर अगाडि अज्ञात समूहले राखेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले विस्फोट गराएको हो।
मध्यपुर नगरपालिकाका मेयर उम्मेदवार श्रेष्ठले निर्वाचन विथोल्ने लक्ष्यले बम राखिएको बताएका छन्।
एउटा बम विस्फोट गराए लगत्तै सेनाले अर्को बम विस्फोट गराएको छ । उक्त क्षेत्रका स्थानीयवासीमा आतंक फैलिएको छ।
बम विस्फोट भएको स्थल भन्दा दुई सय मिटर टाढा नजप्रेमी मावि कौशलटारमा मतदान केन्द्र रहेको छ । बम विस्फोट स्थलमा सेना, प्रहरी, मानवअधिकार्मीको टोली उपस्थित भएका छन्।  तस्विरः रोशन सापकोटा, रासस,गोपीकृष्ण ढुंगाना

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget