Websoft University

www.radiomakalu.com || 021-522512


दुई उम्मेदवारको गाडीमा आगजनी

आगजनीको लागि तस्बिर परिणाम

नुवाकोट,  । नेपाली कांग्रेसबाट गाउँपालिकाका अध्यक्षका उम्मेदवारको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ ।
शिवपुरी गाउँपालिकाका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाको बा ११ च ३४९९ नं को स्कार्पियो गाडीमा तोडफोड गरी आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

चुनावी प्रचारबाट फर्केर राति ११ बजे पञ्चकन्या गाउँपालिका–५ शिवालयमा रोकिराखिएको अवस्थामा अज्ञात समूहले गाडीमा क्षति पु¥याएको र अहिले घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तोडफोड र आगजनीबाट गाडीका इन्जिन, सिट, झ्याललगायतमा पूर्ण क्षति पुगेको छ ।
शुक्रबार मात्र शिवपुरी गाउँपालिका–७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार राजाराम गुनीको प्रचार अभियानमा काँग्रेस कार्यकर्तासँग झडप भएको थियो । झडपमा घाइते भएका एमाले समर्थित चन्द्रबहादुर तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

दार्खा(धादिङ)–थाँक्रे गाउँपालिकामा आज बिहान चुनाव प्रचारका लागि प्रयोग गरिएको एउटा गाडीमा आगजनी भएको छ ।
बिहान १ः३० बजे गाउँपालिकाको सङ्ग्रामटारमा बा ९ च ८९२९ नंको हाइलक्स जिपमा आगजनी भएको हो । नेकपा(एमाले)का तर्फबाट थाँक्रे–२ का वडाध्यक्षका उम्मेदवार राजकुमार पौडेलले आफ्नो चुनावी प्रचार सकेर घरको परिसरभित्र राखेको अवस्थामा गाडी जलाइएको हो ।
मध्य रातमा आएका तीन जनाको अज्ञात समूहले गाडीमा तोडफोड गरी पेट्रोल छर्केर आगो लगाई भागेको बताइएको छ । गाडीमा आगलागी भएलगत्तै प्रहरीले आगलागीमा संलग्नको खोजीलाई तीव्र बनाएको छ । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget