Websoft University

www.radiomakalu.com || 021-522512


एक अर्ब ६० करोड लगानीमा सम्राट सिमेन्ट उद्योग

एक अर्ब ६० करोड लगानीमा सम्राट सिमेन्ट उद्योग

लमही, बैशाख   ३१ गते ।  दाङको सतबरियामा स्थापना भएको सम्राट सिमेन्ट उद्योगले आफ्नो उत्पादन बजारमा ल्याएको छ । एक अर्ब ६० करोड लगानीमा स्थापना भएको उद्योगले आइतबारबाट उत्पादन बजारमा ल्याएको हो । दाङको लमही नगरपालिका ७ सतबरियाका स्थापना भएको सम्राट सिमेन्ट कम्पनीले शनिबारदेखि आफ्नो उत्पादन सुरु गरेको हो ।
वैशाख ९ गतेदेखि परीक्षण उत्पादन गरेको उद्योगले शनिबारदेखि व्यावसायिक उत्पादन सुरु गरेको जनाएको छ । उद्योग परिसर सतबरियामा बिक्रेता र पत्रकारबीच कम्पनीले औपचारिक रूपमा उत्पादन सुरु गरेको जानकारी दिएको छ । स्थानीय नौ जना उद्योगीको एक सय ६० करोड रुपैयाँको लगानीमा स्थापना भएको सिमेन्ट कम्पनीले पहिलो चरणमा दैनिक ४० हजार बोरा उत्पादन सुरु गरेको उद्योग सञ्चालक करण शर्माले जानकारी दिनुभयो ।
पछिल्लो समय दाङमा सिमेन्ट उद्योग खुल्ने क्रम बढेको छ । यसअघि जिल्लाभित्र र जिल्लाको आसपासमा स्थापना भएका सातवटा सिमेन्ट उद्योगमध्ये केहीले उत्पादन बजारमा ल्याइसकेका छन् ।
२०७० सालबाट पूर्वाधार निर्माण सुरु गरेको सम्राट उद्योगले साढे तीन वर्षपछि पहिलो पटक शनिबार आफ्नो उत्पादन सुरु गरेको हो । नेपालकै प्रविधिमा तीन ठूला सिमेन्ट उद्योगमध्ये एक उद्योगका रूपमा दर्ता भई सञ्चालनमा आएको सम्राटले अत्याधुनिक प्रविधि र ल्याब प्रयोगमा ल्याएको सञ्चालक सुदन लामाले जानकारी दिनुभयो ।
प्रतिदिन ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले दाङ जिल्लालाई लक्ष्य गरी उत्पादन सुरु गरेको छ ।
अत्याधुनिक जर्मनी प्रविधिमा निर्माण भएको सिमेन्ट उद्योगले ४३ ग्रेड पीपीसी र ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको लामाले बताउनुभयो । अन्तर्राष्ट्रिय मापदण्ड ४३ ग्रेड भएकाले सोही अनुसार उत्पादन सुरु गरेको उहाँको भनाइ छ ।

हाई स्पिट डिजिटल ल्याब टेस्ट भएको गजराज र सम्राट ब्रान्डको सिमेन्ट उत्पादन गरिएको छ । करिब ४५ बिघा क्षेत्रफलमा सञ्चालनमा रहेको उद्योगले ग्रिन फिल्ड साइट निर्माण, धुवा धुलो नियन्त्रणका लागि जर्मनी प्रविधिको ८ ब्याक फिल्टर जडान गरेको जनाएको छ । वातावरणमैत्री उद्योगका रूपमा स्थापित उद्योगले आफ्नो उत्पादन बजारमा पुर्‍याएको सञ्चालक बासु पाण्डेले जानकारी दिनुभयो ।
प्रतिदिन ४० हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको उद्योगले दाङ जिल्लालाई लक्ष्य गरी उत्पादन सुरु गरेको बताइएको छ । जिल्लाको माग पूरा भएपछि अन्य ठाउँमा निर्यात गर्ने बताइएको छ ।
हाल उद्योगमा ५७ जना कर्मचारी कार्यरत छन् । तीमध्ये धेरैजसो स्थानीय रहेको कम्पनीले जानकारी दिएको छ । उद्योगले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थानीयस्तरमै उच्च गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको सञ्चालक सुदन लामाले बताउनुभयो । दाङकै स्युजा, काभ्रे, लोहारपानी, प्युठान रम्दी र रोल्पा डुब्रिङलगायत स्थानमा उद्योगले खानी सञ्चालन गरेको छ । सोही स्थानको चुनढुंगा खानीलाई प्रयोग गरेर सिमेन्ट उत्पादन सुरु गरिएको उद्योगले जनाएको छ । केही समयपछि क्लिंकर उत्पादन थालिने बताइएको छ ।अन्नपूर्ण बाट ,  गोपाल शर्मा

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget