Websoft University

www.radiomakalu.com || 021-522512


सय देशमा साइबर आक्रमण


सय देशमा साइबर आक्रमण

                                              बेलायतमा स्वास्थ्य सेवा प्रभावित

वासिङटन :  विश्वभरका एक सय वटा देशका सयौँ संघसंस्थामाथि शृंखलाबद्ध साइबर आक्रमण भएका छन् । अमेरिका, बेलायत, चीन, रूस, स्पेन, इटाली, भियतनामलगायतका एक सय देशका कम्युटरमा प्रभाव पारेको अधिकारीले बताएका छन् । साइबर आक्रमणका कारण लाखौं कम्युटरले काम गर्न छाडेका छन् । मालवेयर कम्प्‍युटर भाइरसले प्रभावित कम्युटरलाई पुनः काम गर्ने बनाउन उनीहरूले तीन सय डलर माग गरेका छन् ।
आतंककारीविरुद्ध ह्याकिङ गर्न भनेर अमेरिकी राष्ट्रिय सुरक्षा निकायले विकास गरेको कम्युटर प्रोग्रामकै प्रयोग गरेर साइबर आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माइक्रोसफ्ट सिस्टममा रहेको कमजोरीको फाइदा ह्याकरहरूले उठाएको विज्ञले बताएका छन् । अमेरिकी राष्ट्रिय सुरक्षा निकायले उक्त कमजोरी पत्ता लगाएको थियो र त्यसलाई आतंककारीविरुद्ध ह्याकिङ गर्नका लागि प्रयोग गर्दै आएको थियो ।
यसैगरी उक्त आक्रमणबाट बेलायतको स्वास्थ्य सेवा प्रभावित भएको छ । अमेरिकी अन्तर्राष्‍ट्रिय कुरियर सर्भिस फेडेक्स प्रभावित भएको छ । साइबर विशेषज्ञका अनुसार मालवेयर कम्प्‍युटर भाइरस 'रेनसमवेयर'को प्रभावमा आएर कम्प्युटर प्रणाली प्रभावित भएका छन् । यस्तो भाइरस स्पाम इमेलमार्फत ‘जब अफर', इनभायसस, सेक्‍युरिटी वार्निङ जस्ता नाममा पठाइएको छ ।
त्यस्तो भाइरस एकपटक कम्प्युटरमा प्रवेश गरेपछि प्रणाली नै ध्वस्त पार्ने गरेको छ । त्यसलाई पहिलेकै जस्तै गरी चलाउनका लागि ३ सय अमेरिकी डलरदेखि ६ सय डलरसम्म माग गरिएको छ । कम्प्युटर सुरक्षाविज्ञका अनुसार केही पीडितले डिजिटल मुद्रा ‘बिटक्वाइन'मार्फत फिरौती रकम पनि दिन थालेका छन् । यद्यपि उनीहरूले साइबर आक्रमणकारीलाई दिएको रकम भने बताउन चाहेनन् ।
यो साइबर आक्रमणपछि कम्प्युटरले काम गर्न छोडेका छन् । उक्त भाइरसबाट प्रभावित संघसंस्थाले कम्प्युटर लक गरिएका र रकम माग गरिएका स्क्रिन सट सेयर गर्न थालेका छन् । साइबर आक्रमणपछि बेलायतको स्वास्थ्य सेवा नेशनल हेल्थ सर्भिस अवरुद्ध भएको छ । ३६ हजार व्यक्तिसँग रकम माग गरिएकोसुरक्षाविज्ञले जानकारी दिएका छन् । यो भानाक्राइ वा योसँग मिल्दोजुल्दो नामसँग गरिएको छ । यो निकै ठूलो आक्रमण भएको बताइएको छ ।
बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) पनि रेन्समवेयरबाट ध्वस्त भएको छ । ह्याकरहरूले बेलायतको स्वास्थ्य सेवासँग जोडिएका कम्प्युटरलाई निशाना बनाएका छन् । एनएचएसका कर्मचारीहरूले भानाक्राइको प्रोग्रामको स्क्रिन सट सेयर गरेका छन् । यसबाट आजित भएर बेलायतका अस्पतालहरूले सेवा दिन रोकेका छन् ।-एजेन्सी

Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget