Websoft University

www.radiomakalu.com || 021-522512


चीनद्वारा सिल्क रोडमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा


चीनद्वारा सिल्क रोडमा थप १५ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा
चीनले सिल्क रोड फन्डका लागि अतिरिक्त झन्डै १५ अर्ब अमेरिकी डलर थप लगानी गर्ने घोषणा गरेको छ ।
बेइजिङ्मा आइतबार बिहान शुरु ‘बेल्ट एन्ड रोड’ फोरमको उद्घाटन सत्रमा चिनियां राष्ट्रपति सि जिनपिङ्ले उक्त घोषणा गर्नुभएको हो । सन् २०१३ मा स्थापित उक्त फन्डमा चीनले ४० अर्ब अमेरिकी डलर जम्मा पारेको थियो ।
सम्मेलनमा विश्वका बिभिन्न २९ देशका सरकार/राष्ट्रप्रमुखको सहभागिता छ भने अन्य देशबाट मन्त्रीस्तरका अधिकारीहरु सहभागि हुनुहुन्छ । नेपाल गत शुक्रबादेखि नेपाल बेल्ट एन्ड रोड अवधारणाको सदस्य बनेको छ ।
सन् २०१३ मा चिनियां राष्ट्रपति सिले प्राचीन सिल्क रुटहरुलाई पुनः क्रियाशील गराउने लक्ष्यका साथ बेल्ट एण्ड रोड अवधारणा घोषणा गर्नुभएको थियो ।अवधारणा अन्तर्गत विश्वका ४५ देश सदस्य बनिसकेका छन् भने एक सय मुलुक तथा संघसंगठनले सदस्य बन्ने इच्छा देखिएका छन् । बेल्ट एण्ड रोड अवधारणा अनुसार चीनले आफूलाई एसिया, युरोप र अफ्रिका लगायतका क्षेत्रसँग रेल तथा सडक सञ्जालबाट समुद्र र जमिनबाट जोडिन चाहेको छ । जस्तै चीन र बेलायतबीच मध्य एसिया, युरोपका मुलुक हुंदै द्रुतगतिको रेलसंजाल संचालनमा आइसकेको छ ।
बेल्ट एन्ड रोड अवधारणा अनुसार दुई खण्ड छन् । पहिलो सिल्क रोड इकोनोमिक बेल्ट पर्छ र दोश्रो एक्काइसौं सताब्दीको समुन्द्री सिल्क रोड हो । सिल्क रोड इकोनोमिक बेल्ट अनुसार जमिनबाट रेल, सडक, बिद्युतीय प्रसारणलाइन, बन्दरगाह तथा अन्य भौतिक पूर्वाधारका सञ्जाल विकास गरी चीन र बेल्ट एन्ड रोडका सदस्य बनेका विश्वका मुलुकबीच ब्यापारिक तथा आर्थिक सहकार्य हुनेछ ।
दोश्रो एक्काइसौं सताब्दिको समुन्द्री सिल्क रोडभित्र चीन र बेल्ट एन्ड रोडका सदस्य बनेका विश्वका मुलुकबीच समुद्री मार्ग हुंदै समुन्द्री बन्दरगाह र अन्य पूर्वाधारका माध्यमबाट ब्यापारिक तथा आर्थिक सहकार्य हुनेछ ।
बेल्ट एण्ड रोड अवधारणाको फ्रेकवर्कमा सहभागी मुलुक तथा सहभागि हुन चाहेका मुलुकलाई निमन्त्रणा गरी चीनले अन्र्तराष्ट्रिय सम्मेलन आयोजना गरेको
हो । बेल्ट एन्ड रोड अवधारणा अघि बढाउन चीनले सिल्क रोड फन्ड र एसियाली लगानी तथा पूर्वाधार बैंक गरी दुई वटा अन्र्तराष्ट्रिय आर्थिक निकायहरु स्थापनामा ल्याइसकेको छ ।
उक्त सम्मेलनमा नेपालका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले संबोधन गर्ने कार्यक्रम छ ।नेपाल र चीनबीच हालै हस्ताक्षरित समझदारी पत्र अनुसार नेपालको ‘वान बेल्ट वान रोड’ अवधारणामा सहभागिता सुनिश्चित भएको हो ।
परराष्ट्र सचिव शंकर दास बैरागी र चिनियाँ राजदूत यु होङ्बीच बिहीबार परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सो संबन्धि समझदारी पत्रमा
हस्ताक्षर गर्नुभएको थियो । नेपालले बेल्ट एण्ड रोड अवधारणाको सदस्य बन्न चीनसंग सन् २०१४ मै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेको थियो ।
अन्नपूर्णसंगको कुराकानीमा विज्ञहरुले ओबिओआर समझदारीमा हस्ताक्षरपछि नेपालमा चिनियाँ लगानी बढ्ने, दुई देशबीच सीमापार रेल, सडक र बिद्युत् प्रसारण लाइन र बिशेष आर्थिक क्षेत्र निर्माण लगायत भौतिक पूर्वाधार विकासमा हुने सहकार्यबाट नेपालले लाभ लिने बताउनुभयो । नेपालले चीन तथा चीनहँंदै बेल्ट एन्ड रोड अवधारणा अन्र्तगतका ब्यापारिक रुटहरुबाट विश्वका अन्य मुलुकसंग पारवहन ब्यापार गर्ने अवसर आगामी दिनमा पाउने परराष्ट्रविद्हरुको
भनाई छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जारी भएको संयुक्त वक्तव्यमा पनि बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कमा रही दुई देश बीच आर्थिक विकास रणनीति तर्जुमा गर्ने उल्लेख थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको चीन भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि जिनपिङ्संग ओबिओआरको फ्रेमवर्क भित्र रहेर सिगात्से आइपुगेको रेललाई केरुङ् हुंदै काठमाडौ र लुम्बिनी सम्म विस्तार गर्न प्रस्ताव गर्नुभएको थियो ।
वान बेल्ट वान रोडको फ्रेमवर्क भित्र रहेर सीमापार रेल, राजमार्ग, बिद्युत् प्रशारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधि पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ ।
चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फण्डमार्फत् नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ । बेल्ट एन्ड रोड अवधारणामा सहभागि भई नेपाललाई चीन हुंदै तेश्रो मुलुकसंग पारवहन ब्यापार गर्न समेत सहज हुनेछ ।
बेल्ट एन्ड रोड अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुन्द्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् । चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य चिनियाँ अवधारणाले लिएको छ ।
Yamaha
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा जारी भएको संयुक्त वक्तव्यमा पनि बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कमा रही दुई देश बीच आर्थिक विकास रणनीति तर्जुमा गर्ने उल्लेख थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको हालैको चीन भ्रमणमा प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सि जिनपिङ्संग ओबिओआरको फ्रेमवर्क भित्र रहेर सिगात्से आइपुगेको रेललाई केरुङ् हुंदै काठमाडौ र लुम्बिनी सम्म विस्तार गर्न प्रस्ताव गर्नुभएको थियो ।
वान बेल्ट वान रोडको फ्रेमवर्क भित्र रहेर सीमापार रेल, राजमार्ग, बिद्युत् प्रशारण लाइन, बिशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलबिद्युत् परियोजना, औद्योगिक प्रबिधि पार्क लगायत भौतिक पूर्वाधार
निर्माणमा दुई देशबीच सहकार्य हुनेछ ।
चीनको लगानीमा स्थापित एसियाली लगानी तथा पूर्वाधार बैंक र सिल्क रोड फण्डमार्फत् नेपालमा चीनले यी क्षेत्रमा लगानी गर्नेछ । बेल्ट एन्ड रोड अवधारणामा सहभागि भई नेपाललाई चीन हुंदै तेश्रो मुलुकसंग पारवहन ब्यापार गर्न समेत सहज हुनेछ ।
बेल्ट एन्ड रोड अवधारणामा समुन्द्री तथा स्थल मार्ग गरी हालसम्म ६५ देश चीनसँग जोडिएका छन् । अन्य एक सय देशले चीनसँग समुन्द्री तथा स्थल मार्गबाट जोडिन चाहेका छन् । चीन र एसिया, युरोप तथा अफ्रिकाबीच जमिन र समुद्र मार्गबाट सडक, रेल, भौतिक पूर्वाधार निर्माण गरी आर्थिक विकास गर्ने लक्ष्य चिनियाँ अवधारणाले लिएको छ ।- अन्नपूर्ण बाट , सन्तोष घिमिरे


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget