Websoft University

www.radiomakalu.com || 021-522512


किड्नी जोगाउन के गर्ने ?



स्वस्थ किड्नीले तपाईँले खाएको खानेकुरा लगायतलाई प्रशोधन गर्न हत्वपूर्ण भूमिका खेल्छ । न्यून प्रोटिन भएको पोषण, नूनको मात्रा न्यून, फस्फोरसजन्य खानेकुराको कम प्रयोग र पोटासिमयुक्त खानेकुरा घटाएर हामी किड्नी रोगबाट बच्न सक्छौं । त्यस्तै किड्नीका बिरामीहरुलाई पनि यी खानेकुराले धेरै भलाई गर्छ ।

किड्नी जोगाउन के खाने ?
काउलीः काउली एक किड्नी मैत्री सब्जी हो, जसले किड्नीको प्रमुख कारक चिनि र मुटुसम्बन्धी रोग नियन्त्रण गर्न सहयोग गर्छ ।
गाँजरः किड्नीका लागि लाभदायी खानेकुरा मध्ये गाँजर पनि एक हो । हाइपरटेन्सनका कारण पछिल्लो समयमा किड्नी गुमाउनेको सँख्या बढिरहेको विभिन्न अध्ययनले देखाएका छन् । दीर्घकालिन किड्नीका रोगीले उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्ने खानेकुरामा यो पर्छ ।

स्याउः स्याउ किड्नीको लागि राम्रो मात्र होइन, प्रारम्भिक चरणमा हुने किड्नी रोगको खराब असरहरुलाई समेत यसले घटाउँछ ।
प्याजः किड्नी फेल भएका बिरामीलाई प्याजको फाइदा अत्याधिक देखिन्छ । प्याजमा एउटा यस्तो तत्व पाइन्छ, जसले स्वाभाविक रुपमा रगतलाई बाक्लो हुन वा जम्नबाट बचाउँछ । यसले एउटा हर्मनको रुपमा समेत काम गर्छ । प्याजले उच्च रक्तचापलाई नियन्त्रण गरी किड्नी रोग हुनबाट बचाउँछ ।
लसुनः लसुनमा पेटमा जम्मा भएको बायुलाई फाल्ने एक प्रकारको विशेष तत्व हुन्छ । किड्नीमा समस्या आएपछि आउने सम्भावित ठूलो समस्यालाई रोक्न लसुनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
हाम्रो किड्नी यसरी डिजाइन गरिएको हुन्छ की ३० देखि ४० वर्षको उमेरमा पुग्दा किड्नीको छान्न सक्ने क्षमता स्वभाविक रुपमा घट्छ ।
तपाई ३० वर्षको पुगेपछि हरेक १० वर्षमा तपाईँको किड्नीको काम गर्ने क्षमता १० प्रतिशतले घट्दै जान्छ । जीवनको प्रारम्भिक कालदेखि नै किड्नीमा बढी चोट पार्नु भयो भने जीवनको उत्तराद्र्धमा तपाईँलाई किड्नीको समस्या बढ्ने धेरै सम्भावना हुन्छ ।

किड्नी रोगबाट बच्न उपाय
चिनि रोग, उच्च रक्तचाप र मुटुको रोगको तत्कालै उपचार गर्नुहोस् वा यी रोग पालेर नबस्नुहोस्
नुनको मात्रा घटाउनुहोस्
दैनिक अत्यधिक पानी पिउनुहोस्
पिसाब कहिल्यै पनि नरोक्नुहोस्
उपयुक्त खानेकुरा खानुहोस्
स्वस्थ पेय पर्दाथ खानुहोस्
धुमपान र रक्सि सेवन नगर्ने
जान्ने बनेर जथाभावी औषधी नखाने
औषधीको थप परिणाम खाँदा वा जटिबुटियुक्त औषधी खाँदा बिचार पु–याउने

एजेन्सी

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget