Websoft University

www.radiomakalu.com || 021-522512


प्रधानमन्त्री दाहालद्धारा घोषणाभएको १ करोड अग्नीपीडितलाई उपलब्ध नहुने : घरधनीलाई मात्र सहुलियत ऋण



तेह्रथुम, बैशाख  ३१ गते   ।  प्रधानमन्त्रीपुष्पकमलदाहाल(प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगकालागि घोषणगर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहतप्याकेज उपलब्ध नहुने भएपछि पिडितहरु चिन्तित भएकाछन् । गत
पुस १ गते आठराई गाउँपालिकाको केन्द्र संक्रान्ति बजारमा भएको भिषण आगलागी क्षेत्रको पुस १९ गते स्थलगत निरीक्षण तथा अग्निपीडितसँग भेटपछिप्रधानमन्त्रीदाहालले प्रधानमन्त्री दैवीप्रकोप उद्धारकोषबाट १ करोड उपलब्ध गराउने घोषणागर्नु भएको थियो ।


गृह मन्त्रालयबाट पीडितहरुको पुर्नस्र्थापना तथा पुननिर्माणकालागि १ करोड उपलब्ध गराउने विषयमा अर्थमन्त्रालयको सहमतिमागभएकोमा अर्थ मन्त्रालयबाट पीडितहरुकालागि सहुलियत ऋण उपलब्ध गराउने मात्र सहमति भएपछि घोषणा भएको १ करोड पीडितहरुलाई उपलब्ध नहुने भएको हो । भोजपुर र तेह्रथुममा भएको आगलागीबाट पूर्ण रुपमाक्षतिग्रस्त ३४ घरधनीहरुलाई आवस निर्माणकालागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख सहुलियत ऋण मात्रपाउने भएका छन् ।



अग्निपीडित परिवारलाई “व्यावसायपुर्नःस्थापितगर्न विनाधितो न्युनतम ब्याजदरमा ऋणदिने”प्रधानमन्त्रीले भाषणमा उल्लेख गर्नु भएको थियो,घरधनीहरुलाईमात्र सहुलियत ऋण आउने भएपछिठूलो क्षति भएका व्यापारीहरुलाई सम्बोधन नभएको ताप्लेजुङबाट संक्रान्तिबजार आएर व्यापार गर्दै आएका पीडित दिपेश प्रसाईले दुखेसो व्याक्तगर्नु भयो । “लाखौ लागानीको व्यापार खरानी भएको छ ।”पीडीत प्रसाईले भन्नुभयो,“राहात प्याकेज घोषणाले व्यपार पुर्नस्थापनामा सहयोग हुने आशाथियो, तर राहतप्याकेज भाषणमामात्र सिमित भयो ।”

केन्द्रीय दैवीप्रकोप उद्धार समितिको निर्णयानुसार भोजपुर र तेह्रथुम आगलागीपीडितहरुले आवस पुननिर्माणकालागि भूकम्प पीडितलाई उपलब्ध गराइए सरहको पुर्न उद्धार कोष मार्पmत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने तेह्रथुमका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिनुभयो ।

दुई जिल्लाका ३४ घरधनीहरुलाई जिल्ला दैवीप्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमामात्र सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुने बताइएको छ ।भोजपुर सदरमुकाममा गत मंसिर ५ गते आगलागीहुदाँ ८ घर पूर्णरुपमा क्षति भएको थियो । तेह्रथुमको संक्रान्तिबजारमा भएको भिषण आगलागीबाट २६ घर परिवारको ३२ घरहरु जलेर पूर्ण रुपमा नष्ट हुदाँ ७३ परिवार विस्थापितभएकाथिए ।-पुर्बेलीन्युजबाट , प्रकाश पाक्साँवा



Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget