Websoft University

www.radiomakalu.com || 021-522512


पाँचखालको नगर प्रमुखमा काँग्रेस विजयी

nepali congres

काभ्रे,जेठ ५ गते । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । पाँचखालमा नेपाली काँग्रेसबाट नगर प्रमुख पदमा महेश खरेलले सात हजार ३५६ मत ल्याई विजयी हुनुभएको हो । त्यस्तै, उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रुद्रबहादुर बानियाँले छ हजार ८०० मत ल्याउनुभयो ।

त्यसैगरी, उपप्रमुखमा नेकाबाट नै लक्ष्मी दनुवारले सात हजार २६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेबाट भक्तकुमारी लामाले छ हजार ६२२ मत प्राप्त गर्नुभयो ।

यस्तै, बनेपा नगरपालिका वडा नं १० मा काँग्रेसबाट मोहनबहादुर भण्डारीले एक हजार २७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिवाकर प्रजापतिले ९१९ मत ल्याउनुभयो । त्यस्तै, बनेपा–११ मा वडाध्यक्षमा नेपाली काँग्रेसबाट तारामान लामा ७९४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)बाट मुकुन्द अर्यालले ७११ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, मण्डन देउपुर नगरपालिका–९ मा एमालेको पूरै समूह विजयी भएको छ । एमालेबाट वडाध्यक्षमा जितबहादुर तामाङ ७९३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सीताराम श्रेष्ठले ७२५ मत ल्याउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget