Websoft University

www.radiomakalu.com || 021-522512


बनेपा नगर प्रमुखमा एमाले विजयी

Election logo - uml

काभ्रे, जेठ ५ गते  । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा नेकपा (एमाले) विजयी भएको छ । नगरपालिका प्रमुखमा नेकपा (एमाले) का तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार ४०९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका रामराज जोशीले नौ हजार ६५९ मत प्राप्त गर्नुभयो ।

त्यसैगरी, नगर उपप्रमुखमा नेकपा (एमाले) बाट रेखा सापकोटा (दाहाल) ले एघार हजार २ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निर्मला श्रेष्ठले नौ हजार ९६० मत प्राप्त गर्नुभयो ।

यस्तै, नमोबुद्ध नगरपालिकाको वडा नम्बर ३, ४ र ५ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ भने वडा नम्बर ६ मा काँग्रेस विजयी भएको छ ।

वडा नम्बर ३ मा नेकपा (एमाले) का रामशरण हुमागाईंले ३८३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गंगा लामाले ३८१ मत पाउनुभयो ।

वडा नम्बर ४ मा नेकपा (एमाले) का उद्वव प्रसाद काफ्लेले ४९२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद चिमौरियाले ३५७ मत पाउनुभयो । वडा नम्बर ५ मा एमालेकै बुद्धसिँह तामाङले ७७६ मत ल्याइ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका सूर्य तामाङले ६५० मत प्राप्त गर्नु भयो ।

त्यसैगरी, उक्त नगरपालिकाकै वडा नम्बर ६ मा नेपाली काँग्रेसका कुल प्रसाद न्यौपाने २९० मत ल्याइ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी टिकाबहादुर केसीले २८६ मत ल्याउनुभयो ।

त्यसैगरी धुलिखेल नगरपालिकाको ३ नम्बर वडामा नेकपा (एमाले)का विनोद पराजुलीले ५८३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सञ्जय तामाङले २८१ मत पाउनुभयो ।

यस्तै, उक्त नगरपालिकाको वडा नम्बर ५ मा नेपाली काँग्रेसका गंगासागर रञ्जितकार ४७५ मत ल्याइ विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिगोपाल प्रधानांगले ४७३ मत पाउनुभयो । रासस

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget