Websoft University

www.radiomakalu.com || 021-522512


गर्मीमा दही सेवन, कति फाइदाजनक ?



उर्खमाउलो गर्मीमा जब प्यास लाग्छ, हामी चिसो पेय खोज्छौं । तर, यस्तो मौसममा दहीको सेवन सर्वोत्तम हुन्छ । दहीले तिर्खा त मेट्छ नै, स्वास्थ्यमा राम्रो फाइदा पनि गर्छ । गर्मीमा दहीको सेवनले शरीरको तापमान सन्तुलित राख्छ । यसका साथै पाचन प्रणालीका लागि पनि लाभदायक हुन्छ । दहीमा रहेको क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले शरीरको केहि आवश्यक्ता पुरा गर्छ ।

के छ त दही सेवनको फाइदा ?


पाचन शक्ति बढाउने- दहीको नियमित सेवन शरीरको लागि अमृत समान मानिन्छ । यसले रगतको कमी र कमजोरी हटाउन सहयोग गर्छ । दुध सेवनले कतिको पाचन क्रियामा समस्या हुनसक्छ तर दहीले त्यस्तो असर गर्दैन । जसलाई भोक कम लाग्छ, उनीहरुका लागि दही एकदमै फाइदाजनक छ ।

पेटलाई सितलता

दहीलाई लस्सी बनाएर सेवन गर्दा पेटको गर्मी शान्त हुन्छ । पेटको कतिपय रोगमा दहीको सेवन लाभदायक मानिन्छ । अमेरिकी आहार विशेषज्ञका अनुसार दहीको नियमित सेवनले पेटको रोग लाग्न दिदैन ।

हृदय रोगमा बरदान

दहीमा हृदय रोग, उच्च रक्तचाप रोक्ने गजबको क्षमता हुन्छ । यसले अनियन्त्रित कोलेस्ट्रोल बढाउनमा रोक्छ । साथै मुटुको धड्कनलाई सहि राख्छ । मुटुको समस्या भएकाले दहीको सेवन गर्नु लाभदायक मानिन्छ ।

हड्डीको विकासमा सहयोगी

दहीमा क्याल्सियम अधिक मात्रामा पाइन्छ । यसले हड्डीको विकासमा सहयोग गर्छ । साथै दाँतलाई पनि बलियो बनाउँछ । दहीले मांसपेशीलाई सहि ढंगले काम गराउन सहयोग गर्छ ।

तौल नियन्त्रण राख्न

अहिले मोटोपन घटाउने चिन्ताले धेरैलाई ग्रस्त बनाएको छ । यस्तो समस्या भोगिरहेकाहरुका लागि दहीको सेवन एकदमै लाभदायक हुन्छ ।-अनलाइनखबर


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget