Websoft University

www.radiomakalu.com || 021-522512


एमालेको अवरोधपछि ४ बजेसम्मका लागि संसद बैठक स्थगित

एमालेको अवरोधपछि ४ बजेसम्मका लागि संसद बैठक स्थगित


काठमाडौ,जेठ १२ गते ।  नेकपा एमालेको अवरोधपछि ४ बजेसम्मका लागि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । तराई मधेशमा जनसंख्याको आधारमा स्थानीय तहको संख्या बढाउने प्रस्ताव र प्रधानन्यायधीश सुशीला कार्की माथिको महाअभियोग प्रस्ताव फिर्ता नलिएसम्म संसद बैठक सञ्चालन गर्न नदिने एमालेको अडानका कारण बैठक स्थगित गरिएको हो ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्दै एमालेले संसदीय छानवीन समिति गठन गर्न पनि सरकारसँग माग गरेको छ ।
एमालेको अवरोधका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवादसहित सरकारको नीति तथा कार्यक्रमको प्रस्ताव संसदमा पेश हुन सकेको छैन । राष्ट्रपति भण्डारीलाई बिहिबार नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिएको एमालेले शुक्रबार पनि संसद बैठक अवरोध गरेको हो । एमालेको अवरोधका कारण राष्ट्रपति भण्डारीलाई धन्यवादसहित सरकारको नीति तथा कार्यक्रम संसदमा शुक्रबार पनि पेश हुन सकेन ।- अन्नपूर्ण बाट ,  नरेन्द्र साउद

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget