Websoft University

www.radiomakalu.com || 021-522512


आन्दोलनमा जाने राजपाको निर्णय

आन्दोलनमा जाने राजपाको निर्णय
काठमाडौ,  जेठ १२ गते । राष्ट्रिय जनता पार्टीले आन्दोलन गर्ने निर्णय गरेको छ । सो पार्टीको अध्यक्षमण्डलको शुक्रबार बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । सो पार्टीले केहिवेरमा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको नेता केशव झाले जानकारी दिनुभयो ।
सत्ता गठबन्धनले नयाँ सरकार गठनमा राजपाले समर्थन गर्ने र निर्वाचनमा पनि राजपा सहभागी हुने अपेक्षा राखेको वेलामा आन्दोलनमा जाने निर्णय सार्वजनिक हुन लागेको हो । सो पार्टीले आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचन विथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिनु पर्ने र संविधान संशोधन हुनु पर्ने मागलाई चुनावमा सहभागिताको शर्तका रुपमा सो पार्टीले अगाडि सार्दै आएको छ । ६ वटा मधेशकेन्द्रित दल मिलेर बनेको राजपा निर्वाचन आयोगमा दर्ता छैन । पार्टी एकीकरण अघि ६ वटै दलले पूरानो चुनाव चिन्ह,लोगो र झण्डा प्रयोग नगर्ने निर्णय गरेका थिए ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget