Websoft University

www.radiomakalu.com || 021-522512


सांसद र कार्यालय प्रमुखबीच कुटाकुट


सांसद र कार्यालय प्रमुखबीच कुटाकुट
वीरगन्ज,  वैशाख २३ गते  ।  पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगन्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ ।जिल्ला प्रशासन कार्यालय पर्सा परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भएको हो । जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता जनता आवास कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो ।
जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकीय सचिव अवधेश साह शुक्रबार अपराह्न डिभिजन कार्यालय पुग्नुभएको थियो । तर कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि सांसद गुप्ता आफैं गोइतको कार्यकक्षमा पुग्नुभयो । दुवैजनाबीच गालीगलौज भयो । सांसद गुप्ताले स्ट्याम्प प्याड र गोइतले मोबाइल प्रहार गरेपछि दुवैबीच कुटाकुट सुरु भयो । त्यसपछि सांसद गुप्तासँगै गएका कार्यकर्ताले गोइतलाई कुटपिट गर्दै घिसारेर नजिकै रहेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

'मजस्तो माननीय जाँदा पनि उनले कुनै रेस्पोन्स नगरेपछि मैले किन यस्तो गरेको भनेर सोध्दा अचानक ममाथि मोबाइल प्रहार गरे । त्यसपछि त्यहाँ रहेका केही साथीहरूले सामान्य हातपात गरिदिए', सांसद गुप्ताले भन्नुभयो, 'अनि मैले उनलाई सीडीओ साबकहाँ लिएर गएँ । सीडीओ साबले यसबारे छानबिन गरेर कारबाही गर्ने आश्वासन दिनुभएको छ ।'
यता कार्यालय प्रमुख गोइतले भने सांसद गुप्ताले गुन्डा पठाएर आफूलाई कुट्न लगाएको आरोप लगाउनुभएको छ । 'सुरुमा सांसद गुप्ताका पाँचसातजना कार्यकर्ता मेरो अफिसमा आए । कर्मचारी नियुक्तिको सूचना माग्ने बहानामा गालीगलौज गर्दै धम्क्याउन थाले । पछि सांसद गुप्ता आफैं मेरो कार्यालयमा आएर धम्की दिन थाले अनि टेबुलमा रहेको पेपर स्टोनले अचानक प्रहार गरे । मैले पनि प्रतिकार गरें', उहाँले भन्नुभयो ।- अन्नपूर्ण बाट


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget