Websoft University

www.radiomakalu.com || 021-522512


आजैबाट प्रधान्यायाधीश कार्की सर्वोच्चमा हाजिर : दुई प्रशासनिक टिप्पणीमा हस्ताक्षर


आजैबाट प्रधान्यायाधीश कार्की सर्वोच्चमा हाजिर : दुई प्रशासनिक टिप्पणीमा हस्ताक्षर
काठमाडौं,  वैशाख २३ गते  । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव स्वतन्त्र न्यायापालिकाको मर्मविपरित भएको भन्दै कार्कीलाई काममा आजै फर्कन अन्तरिम आदेश दिए लगत्तै प्रधानन्यायाधीश कार्कीले आजैबाट सर्वोच्चको काम सुरु गर्नु भएको छ।
सर्वोच्चका न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले व्यवस्थापिका संसद, सभामुख ओनसरी घर्ती, सत्ताधारी पार्टी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नाममा महाअभियोग रोक्न आदेश दिएपछि कार्कीले शुक्रबारबाटै सर्वोच्चको काम सुरु गर्नु भएको हो ।
आदेशमा आजैबाट काम सुरु गर्नु भन्ने शब्दावली समेटिएकाले उहाँले आजैबाट काम सुरु गर्नु भएको सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो । प्रधानन्यायाधीश कार्कीले बालुवाटार निवासबाटै शुक्रबार साँझ सर्वोच्चको हाजिर पुस्तिकामा हाजिर गर्दै दुई प्रशासनिक निर्णयमा हस्ताक्षर गर्नु भएको पौडेलले बताउनु भयो।
प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावले शक्ति पृथकीकरणको सिद्धान्त उल्लघंन भएको दाबीसहित अधिवक्ता सुनिलरञ्जन सिंह र कञ्चनकृष्ण न्यौपानेले बुधबार सर्वोच्चमा रिट निवेदन दायर गर्नु भएको थियो ।
आइतबार कांग्रेस र माओवादीका दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा दर्ता भएको कार्कीविरुद्धको महाअभियोग प्रस्तावले शुक्रबार मात्र संसदमा प्रवेश पाएको थियो ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget