Websoft University

www.radiomakalu.com || 021-522512


लक्ष्मण र विशाल च्याम्पियन


लक्ष्मण र विशाल च्याम्पियन 
पोखरा : अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पश्चिमाञ्चलस्तरीय छनोट खेलमा पुरुष युगलतर्फको उपाधि पोखराका लक्ष्मण श्रेष्ठ र विशाल हिराचनको जोडीले जितेको छ । शुक्रबार पोखरा रंगशालामा भएको फाइनल खेलमा लक्ष्मण र विशालको जोडीले सिद्धार्थ लामा र तेजेन्द्र गुरुङको जोडीलाई १६–२१, २१–११ र २१–१४ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।
पहिलो सेटमा लक्ष्मण र विशालको जोडीले पराजय भोगे पनि दोस्रो र तेस्रो सेटमा लामा र गुरुङको जोडीलाई पराजित गर्दै पुरुष युगलमा प्रथम स्थान हासिल गर्दै उपाधि चुमेको हो । पराजयसँगै लामा र गुरुङको जोडीले दोस्रो स्थानमा चित्त बुझाएको छ ।
पुरुष एकलतर्फको खेलमा राजिन खड्काले विवेक जीसीलाई १८–२१, २१–१९ र २१–१२ ले पराजित गरे । निकै प्रतिस्पर्धात्मक रूपमा चलेको खेलमा जीसीले पहिलो सेट जितेपछि खड्का आक्रामक रूपमा उत्रिएका थिए । त्यसपछि लगातार दुई सेट जितेर खड्काले प्रथम स्थान हात पारे । महिला एकलमा प्रजिता गुरुङले अलिसा बलाललाई २१–१०, २१–१२ को सोझो सेटमै पराजित गर्दै उपाधि जितिन् ।
प्रतियोगितामा ८० खेलाडीले सहभागिता जनाएका थिए । तीमध्ये तीन विधामा आठजना खेलाडी पश्चिमाञ्चलबाट काठमाडौंमा हुने प्रतियोगिताका लागि छनोट भएका छन् । उनीहरूले अन्नपूर्ण इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा सहभागिता जनाउनेछन् ।- अन्नपूर्ण बाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget