Websoft University

www.radiomakalu.com || 021-522512


यस्तो थियो किमलाई मार्ने अमेरिकाको योजना

यस्तो थियो किमलाई मार्ने अमेरिकाको योजना


अमेरिका र उत्तर कोरियाबीच तनाव जारी रहेका बेला उत्तर कोरियाले अमेरिकामाथि एक गम्भीर आरोप लगाएको छ । खुफिया एजेन्सी सिआईएले नेता किम जोन उनको हत्या गर्ने योजना बनाएको आरोप उत्तर कोरियाले लगाएको छ । उत्तर कोरियाको रक्षा मन्त्रालयले दिएको सूचनामा अमेरिकाले सिआईए र दक्षिण कोरियाली खुफिया एजेन्सीको मिलेमतोमा किमको हत्या गर्ने योजनो बनाइरहेको जनाइएको छ ।
अमेरिकाले रेडियोधर्मी पदार्थ र सुक्ष्म विषाक्त पदार्थको प्रयोग गरी उत्तर कोरियाका राष्ट्रपति किमको हत्या गर्ने ठूलो योजना बनारहेको उत्तर कोरियाली रक्षा मन्त्रालयले बताएको छ। यस्तो विषाक्त पदार्थले विस्तारै शरीरमा असर गर्दै जाने र छ महिना, एक बर्षमा यसको असर देखिनेछ । सिआईले एक भ्रष्ट उत्तर कोरियाली नागरिकलाई ठूलो रकम दिई यो कार्य सम्पन्न गर्न अह्राएको उत्तर कोरियाको दावी छ ।


यस्तो निन्दनीय हर्कतको कडा जवाफ दिने चेतावनी उत्तर कोरियाले दिएको छ । उत्तर कोरियाले लगाएको आरोपको अमेरिका र दक्षिण कोरियाले कुनै खण्डन गरेका छैनन् ।
अमेरिकाले आफूलाई अटेर गर्ने नेताहरुलाई मार्ने योजना बनाएको यो पहिलो घटना भने होइन । यसअघि क्यूवाली नेता फिडेल क्यास्ट्रोलाई मार्ने अमेरिकाको ६३८ पटकको प्रयास असफल भएको तथ्य बाहिर आएको थियो । गत नोभेम्बरमा ९० बर्षको उमेरमा क्यास्ट्रोको मृत्यु भयो ।

अमेरिकालाई चुनौती दिने भेनेजुयला नेता ह्युगो चावेजलाई पनि अमेरिकाले यस्तै विषाक्त रसायनको प्रयोग गरी क्यान्सर पीडित बनाएर अल्पायुमै मर्न बाध्य बनाएको आरोप अमेरिकामाथि लगाइएको थियो । ५९ बर्षको उमेरमा सन २०१३ मा मृत्यु भएका चावेजलाई अमेरिकाले मन्द बिषको प्रयोग गरी हत्या गरेको आरोप लगाइएको थियो ।-एजेन्सी


Labels:

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget