Websoft University

www.radiomakalu.com || 021-522512


सहमति भएको बारे सरकार र मोर्चा नेताको कुरा बाझियो


सीमांकन बाहेक अन्य विषयमा संविधान संसोधन गर्न एमाले लचिलो हुने



काठमाडौं,चैत २० गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले मधेसी मोर्चासँग सहमति नभएपनि अब निर्वाचन नरोकिने स्पष्ट पारेका छन् ।


आइतबार रिपोर्टर्स क्लवमा सल्लाहकार खनालले पछिल्लो समय मधेसी मोर्चासँग सहमतिको प्रयास भैरहेको बताए । उनले मधेशी मोर्चाका नेताहरुले स्थानीय तहमा पनि जनसंख्याका आधारमा संख्या थप्नको लागि आग्रह गरेको उल्लेख गर्दै भने-अहिले जनसंख्याको आधारमा संख्या थप्नतिर लागियो भने, तोकिएकै मितिमा चुनाव हुन गाह्रो छ, त्यसैले चुनाव अब रोक्नुहुँदैन् ।’

कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले संविधान संशोधन प्रस्तावमा समावेश भएका विषयमध्ये सिमांकनबाहेकका अन्य विषयहरु पारित भए आफूहरुलाई कुनै आपत्ति नहुने स्पष्ट पारे । नेता भण्डारीले संशोधन प्रस्तावमा उल्लेख भएको विषयमध्ये नागरिकताको प्रावधानले तराईका जनतालाई नै असर पार्ने गुनासो पोखे । त्यस्तै उनले माथिल्लो सदनमा जनसंख्याको आधारमा प्रतिनिधित्व सुनिश्चितता गरिए पहाड रित्तिनेसमेत बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता बंशिधर मिश्रले सीमांकनलाई थाँती राखेर अरु बिषयमा छलफल गरेर संशोधन प्रस्ताव पारित गराउन एमाले लचिलो हुन तयार रहेको बताए ।

सीमांकनलाई आयोगबाट टुंगो लागाउनुपर्ने र संवादलाई जारी राख्नुपर्ने राख्नुपर्ने बताए ।

मिश्रले भने, ‘अहिले सीमांकनलाई थाँती राखेर अन्य विषय पारित गराउने कुरा आएको छ, यसमा एमाले लचिलो हुन्छ, रहृयो अन्य विषयहरु त्यसमा पनि शब्दको कुरा हो, त्यसैले हामी प्रक्रियामा अत्यन्तै लचिलो हुन्छौं ।’

सत्तारुढ दल राप्रपा बरिष्ठ नेता पशुपति शमशेर राणाले संविधान संशोधन गरेर मात्र चुनाव हुनुपर्ने बताए । उनले संशोधनमा उल्लेख भएका विषयहरुलाई केही हेरफेर गर्नुपर्ने बताए ।

उनले सीमांकनबाहेक अन्य तीन वटा विषयहरु भाषा, नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वमा केही सामान्य हेरफेर भए आफ्नो पार्टीलेपनि पनि संशोधन प्रस्तावको प्रक्रियामा भाग लिएर पक्षमा मतदान गर्ने स्पष्ट पारे ।

मधेसी मोर्चाका नेता बृषेशचन्द्र लालले मधेसी मोर्चासँग सहमति भयो भनेर हल्ला गरिएपनि त्यस्तो सहमति नभएको जिकिर गरे । उनले भने, ‘मधेसले अहिले परिणाम खोजी रहेको छ, कुनैपनि सहमति भएको छैन् ।’

उनले संविधान संशोधन नभएसम्म मोर्चाले कुनैपनि निर्वाचन प्रक्रियामा भाग नलिने र निर्वाचनको अवरोध गर्ने चेतावनी दिए । उनले सदनमा दर्ता भएको संविधान संशोधन प्रस्ताव आफुहरुको नभएर सरकारको भएको समेत आरोप लगाए ।

मोर्चाले चुनावको मिति सार्ने कुरा कहीँकतै नगरेको बरु संशोधनपछि सार्ने वा नसार्ने टुंगो लाग्नेसमेत उनले स्पष्ट पारे । यद्यपि उनले नेपालमा जेठमा पनि चुनाव भएको इतिहास भएकोले संशोधन प्रस्ताव प्रक्रियामै टुँगो लगाउदा समय लाग्ने भएकोले त्यतिवेला निर्वाचनको मिति सार्नुपर्ने जिकिर गरे । उनले अहिले फाष्ट ट्र्याकबाटसमेत संशोधन गर्ने कुरा आएको जनाए ।-अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget