Websoft University

www.radiomakalu.com || 021-522512


थारु संस्कृतिको खजानाः माघी होमस्टे (फोटो फिचर)



काठमाडौं,चैत १९ गते । कैलालीको घोडाघोडी ताल र आसपासको ठाउँमा घुम्न जानेहरु नजिकैको माघी गाउँ पुगेकै हुन्छन् । माघी गाउँमा माघी होमस्टेले अझ आकर्षण बढाएको छ ।

०७१ सालदेखि सुरु गरिएको होमस्टेमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढ्न थालेको छ । पाहुनाहरु गाउँले परिवेशमा घुलमिल गर्छन्, थारु नाच हेर्छन् र स्थानीय संस्कृतिमा रमाउँछन् ।



सदरमुकाम धनगढीदेखि १ घण्टा र नेपालगञ्जदेखि ३ घण्टामा सहजै पुग्न सकिने भएकाले यहाँको होमस्टे आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । राजमार्गबाट चार किलोमिटर ग्राभेल बाटो छिचोलेपछि गाउँ पुगिन्छ ।

घोडाघोडी नगरपालिका ४ मा पर्ने माघी गाउँका १४ वटा घरमा होमस्टे सञ्चालन गरिएको छ, जहाँ २८ बेडको क्षमता छ । बिस्तारै पाहुनाको चाप बढ्दै गएपछि क्षमता विस्तारको योजना बनाइरहेको होमस्टेका अध्यक्ष शोभाराम चौधरीले बताए ।



अहिले विभिन्न संघ-संस्थाको कार्यक्रम समेत हुन थालेपछि यहाँ चाप बढ्न थालेको हो । पाहुनाहरुलाई बास बस्न समस्या नभए पनि कार्यक्रमको लागि हलको आवश्यकता भएपछि अहिले धमाधम हल निर्माण भइरहेको छ ।

होमस्टेमा आउने पाहुनाहरुलाई थारु समुदायले सांस्कृतिक कार्यक्रम पस्किएर मनोरञ्जन दिने गरेका छन् । एक घण्टासम्म सखिया, लाठी लगायत थारु नाच देखाएवापत २५०० रुपैयाँ लिने गरिन्छ ।


होमस्टेमा बस्न प्रतिकोठा १५० रुपैयाँ तिर्नुपर्छ । थारु परिकार नपाइने भए पनि घरैमा पाक्ने मीठो खाना पाइन्छ । सादा खानाको १३० रुपैयाँ र मासु खानाको १८० रुपैयाँ पर्छ ।

अहिलेसम्म गाउँमा बिजुली नआएकाले गाउँलेहरु बिजुली ल्याउन जुटेका छन् । अहिले पोल गाड्ने काम भइरहेको छ ।

चाँडै होमस्टेमा बिजुलीको उज्यालोमा सखिया र लाठी नाचले पाहुनालाई स्वागत गर्न स्थानीयहरु व्यग्र छन् ।












भरतबन्धु थापा,अनलाइनखबरबाट 

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget