Websoft University

www.radiomakalu.com || 021-522512


ताप्लेजुङ अदालतको फैसला-पीडकले दिनुपर्ने क्षतिपूर्ति सरकारले तिर्नू



ताप्लेजुङ,चैत १९ गते   । ताप्लेजुङ जिल्ला अदालतले पहिलोपटक पीडकले दिनुपर्ने क्षतिपूर्तिवापतको रकम सरकारले दिनुपर्ने फैसला सुनाएको छ ।

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका याङवरक-६, थुम्बेदिनका २० वर्षीय ठूलपी भन्ने विकास बिकले पीडितलाई दिनुपर्ने ७५ हजार सरकारबाटै भराउने फैसला गरेको हो ।


पीडकको नाममा कहीँ कतै आर्थिक जायजेथा भएको नदेखिएको भन्दै अदालतले बालिकालाई दिइने क्षतिपूर्ति महिला तथा बालबालिका कार्यालयबाट उपलब्ध गराउने फैसला गरेको श्रेष्तेदार गोपाल थापाले जानकारी दिए ।

अदालतले पीडितलाई सरकारबाट क्षतिपूर्ति उपलब्ध हुने गरी फैसला सुनाएको यो पहिलो भएको जिल्ला अदालतले जनाएको छ ।

त्यस्तै, अदालतले पीडक बिकलाई १४ वर्ष जेल सजाय समेत सुनाएको छ । मुद्दा अदालत पुगेको ९ दिनमै जिल्ला अदालतले मुद्दाको सुनुवाई गर्दै प्रतिवादी विकलाई १४ वर्ष जेल सजाय सुनाएको जिल्ला न्यायाधीश अशोकुमार बस्नेतले जानकारी दिए ।,रविन भट्टराई,अनलाइनखबरबाट

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget