Websoft University

www.radiomakalu.com || 021-522512


लागुअाैषध सहित धरानमा एक पक्राउ



धरान,  वैशाख   ५ गते  ।  सुनसरीकाे धरान १५ स्थित लागु अाैषध सहित एक जनालार्इ प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रहरीले चलाएको डेल्टा अप्रेशन अन्तर्गत अञ्चल प्रहरी कार्यालय कोशी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले विशेष सूचनाको आधारमा साेमबार साझ ५ बजे प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा धरान १५ चुम्लुङ्ग मार्गका ३० बर्षीय भुवन अधिकारी रहेका छन् । आफ्नै घरको ट्वाइलेट पछाडि कालो प्लाष्टिकके झोलभित्र लुकाइराखेकाे अवस्थामा एभिल, डाइजेलाज र लुपिजैसिक ५६÷५६ एम्पुल र स्पास्पो प्रोक्सिन १ सय क्याप्सुल फेला सहित अधिकारीलाई प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।



प्रक्राउ परेका अधिकारीलाई लागू औषध मुद्धामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget