Websoft University

www.radiomakalu.com || 021-522512


भोजपुरमा जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल शुरु, पहिलो दिन तीन टिम बिच प्रतिस्पर्धा




पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानिय टुँडिखेलमा जिल्ला स्तरीय राष्ट्रिय लिग फुटवल प्रतियोगिता शुरु भएको छ ।
बैशाख ४ बाट शुरु भएको प्रतियोगिता आगामी ९ गतेसम्म संचालन हुने भएको छ । गत चैत्र १३ गते देखि प्रतियोगिता संचालन गर्ने भनिएता पनि सोमवारबाट प्रतियोगिता शुरु भएको हो । पहिलो खेलमा कोदार फूटबल क्लब ४ र लाईबेरि फुटबल क्लबले कुनै पनि गोल गर्न सकेन । यसैगरी दोस्रो खेलमा देउराली फूटबल क्लब २ र भोजपुर युथ एकाडेमीले पनि कुनै गोल गर्न सकेन भने तेस्रो खेलमा सप्तधारा
फूटबल क्लब ३ र द सोल्टि युनाइटेडको गोल शुन्य भएको आयोजक भोजपुर जिल्ला फुटवल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिए ।
अखिल नेपाल फुटवल संघको आयोजना तथा भोजपुर जिल्ला फुटवल संघको स्थानिय आयोजनामा संचालन हुने प्रतियोगितामा फुटवल संघमा आवद्ध १२ वटा क्लवहरुको सहभागिता रहेको छ । प्रतियोगितामा कोदार फुटवल क्लव, बैकरोड फुटवल क्लव, दिंला फुटवल क्लव, सप्तधारा फुटवल क्लव, भोजपुर युवा क्लव, रिमाचुङ स्र्पोट एकेडेमी, होम्ताङ्ग फुटवल क्लव, लाइवेरी फुटवल क्लव, देउराली फुटवल क्लव, नमुना फुटवल क्लव, भोजपुर युथ एकाडेमी र द सोल्टी युनाइटेडको सहभागिता रहने अध्यक्ष सुवालले बताए ।

प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन भने दोश्रोले १० हजार नगद र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ । लिग कम नकआउटको आधारमा खेलाइने प्रतियोगिताका ९ टिमलाई खेल तयारी बापत ५ हजार र ३ टिमलाई १० हजारका दरले रकम समेत संघले प्रदान गर्ने अध्यक्ष सुवालले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टिमले पूर्वाञ्चल स्तरीय खेलमा सहभागिता जनाउन पाउने छन ।-  निरोज कोइराला


Post a Comment

MKRdezign

{facebook#http://fb.com/www.bhawesh.com.np}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget